दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा आइतबार (हिजो) बाट सञ्चालन भएको छैंटौ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी छ । गाउँपालिका भित्रका ४ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको प्रतियोगिता अन्तरगत आज दोस्रो दिनका खेलहरु सम्पन्न भएको गाउँपालिकाका शिक्षा अधिकृत मदन राज जोशीले बताउनुभयो ।
आज सञ्चालन भएका खेलहरुमा २ सय मिटर ट्र्याक दौड छात्रा तर्फ महादेव मावि घुसाका जयन्ती धामीले प्रथम स्थान, भवानी मावि सौगन्नाका रेस्मी टमटाले द्धितीय र खण्डेश्वरी मावि क्षेतीका सुमित्रा ठेकरेले तृतीय स्थान प्राप्त गर्नुभएको छ भने छात्र तर्फको २ सय मिटर ट्र्याक दौडमा भवानी मावि सौगन्नाका भुवन धामी प्रथम, खण्डेश्वरी मावि क्षेतीका आयुस सिंह धामी द्धितीय र छिपुलकेदार मावि धंकका हृदेश महताले तृतीय स्थान प्राप्त गर्नुभएको छ।
त्यस्तै ८ सय मिटर छात्र तर्फ महादेव मावि घुसाका प्रशान्त धामी प्रथम, भवानी मावि सौगन्नाका उपेन्द्र टमटा द्धितीय र खण्डेश्वरी मावि क्षेतीका बब्लु बोहराले तृतीय स्थान प्राप्त गर्नुभएको छ । ८ सय मिटर छात्रा तर्फ भवानी मावि सौगन्नाका रमिला धामी प्रथम, महादेव मावि घुसाका आकृती धामी द्धितीय र खण्डेश्वरी मावि क्षेतीका सुशिला टमटाले तृतीय स्थान प्राप्त गर्नुभएको छ ।
त्यस्तै ३ हजार मिटर दौडमा छात्रा तर्फ छिपुलकेदार मावि धंकका संजिला देउरुखी प्रथम, भवानी मावि सौगन्नाका सर्मिला धामी द्धितीय र खण्डेश्वरी मावि क्षेतीका दर्शना ठेकरेले तृतीय स्थान प्राप्त गर्दा छात्र तर्फको ३ हजार मिटर दौडमा महादेव मावि घुसाका खगराज धामी प्रथम, भवानी मावि सौगन्नाका पुष्कर ठगुन्ना द्धितीय र खण्डेश्वरी मावि क्षेतीका विक्रम धामीले तृतीय स्थान प्राप्त गरेको शिक्षा अधिकृत जोशीले बताउनुभयो ।
त्यस्तै छात्रातर्फको त्रिपलजम्पमा महादेव मावि घुसाका करिना धामी प्रथम, भवानी मावि सौगन्नाका रमिला धामी द्धितीय र छिपुलकेदार मावि धंकका इन्दिरा महराले तृतीय स्थान प्राप्त गर्दा छात्र तर्फ त्रिपलजम्पमा खण्डेश्वरी मावि क्षेतीका पियुस ठेकरे प्रथम, महादेव मावि घुसाका लक्ष्मण सिंह धामी द्धितीय र भवानी मावि सौगन्नाका सनिम धामीले तृतीय स्थान प्राप्त गर्नुभएको छ ।
त्यस्तै हाइजम्पमा छात्रा तर्फ महादेव मावि घुसाका मेनुका धामी प्रथम, भवानी मावि सौगन्नाका पुर्णिमा धामी द्धितीय र खण्डेश्वरी मावि क्षेतीका जेसिका ठेकरे तृतीय हुँदा छात्र तर्फ छिपुलकेदार मावि धंकका प्रविन धामी प्रथम, भवानी मावि सौगन्नाका भुवन धामी द्धितीय र खण्डेश्वरी मावि क्षेतीका पियुस ठेकरेले तृतीय स्थान प्राप्त गरेको जोशीले बताउनुभयो ।
यसरी दोस्रो दिनका खेल सकिदा ११ स्वर्ण ६ रजत र २ काश्य गरि कुल १९ पदकसहित महादेव मावि घुसा प्रथम स्थानमा रहेको छ । त्यस्तै गरि ७ स्वर्ण, १० काश्य र ६ रजत गरि कुल २२ पदकसहित भवानी मावि सौगन्ना दोस्रो र ५ स्वर्ण, ६ रजत ११ काश्य गरि कुल २२ पदकसहित खण्डेश्वरी मावि क्षेती तेस्रो स्थानमा रहेको छ । त्यस्तै २ स्वर्ण, २ रजत र ६ काश्यसहित कुल १० पदकसहित छिपुलकेदार मावि धंक चौथो स्थानमा रहेको गाउँपालिकाका शिक्षा अधिकृत जोशीले बताउनुभयो ।
प्रतियोगिता अन्तरग अब छात्र छात्राको ४ गुणा ४ सय मिटर रिले, भलिबल र कबड्डी मात्रै बाँकी रहेको छ । भोली यि खेल सम्पन्न भए संगै प्रतियोगिता समापन गरिने जोशीले बताउनुभयो ।





प्रतिक्रिया