दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा सञ्चालन भएको छैटौं गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । गत बुधबारबाट गाउँपालिकाको वडा नम्बर ४ मा स्थित गणेश विनायक मावि सिप्टीको खेल मैदानमा सञ्चालन भएको प्रतियोगिता शनिबार (आज) सम्पन्न भएको हो ।
प्रतियोगितामा गणेश विनायक माध्यमिक विद्यालय सिप्टी प्रथम, जनहित माध्यमिक विद्यालय धुलिगडा द्धितीय र केदारेश्वरी माध्यमिक विद्यालय सुण्डमुड तृतीय भएको नौगाड गाउँपालिकाका सूचना अधिकारी तथा शिक्षा युवा तथा केलकुद शाखा प्रमुख प्रेमराज जोशीले जानकारी दिनुभयो ।





प्रतिक्रिया