दार्चुलाको धापस्थित महाकाली नदी किनारमा एक महिलाको शव फेला

दार्चुला । दार्चुलामा एक महिलाको शव फेला परेको छ । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ७ धाप स्थित महाकाली नदी किनारमा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हेमराज भट्टले जानकारी दिनुभयो ।

शनिबार (आज) विहान अन्दाजी ५५-५६ वर्षीया महिलाको शव अवस्थामा नदी किनारमा फेला परेको उहाँले बताउनुभयो ।

विहान स्थानीयहरुले नदी किनारमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट गएको प्रहरी टोलीले घट्ना स्थल मुचुल्कासहित शव परिक्षणको लागि पठाएको उहाँले बताउनुभयो ।

महिलाको शव केही दिन अघिको जस्तो देखिएको प्रहरी निरीक्षक भट्टले बताउनुभयो । घटनाको विषयमा थप अनुसान्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?