दार्चुलाको अपिहिमाल गाउँपालिकाका सामुदायिक विद्यालयमा १५ दिन विदा

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाले सामुदायिक विद्यालयहरुमा १५ दिन सार्वजनिक विदा दिने भएको छ । यार्चागुम्बा संकलनको लागि अभिभावकसंगै विद्यार्थीहरु पनि लेकतिर लागेपछि गाउँपालिकाले १५ दिन विद्यालयहरुमा विदा दिने निर्णय गरेको हो ।

वर्षे तथा हिउँदे विदाबाट विदा कट्टी हुने गरि बैशाख २७ गतेदेखि जेष्ठ १० गते सम्म गाउँपालिका अन्तरगतका सम्पुर्ण सामुदायिक विद्यालयहरुमा विदा दिईएको गाउँपालिकाका शिक्षा शाखा अधिकृत मदन राज जोशीले जानकारी दिनुभयो ।

यार्चा संकलनको सिजन सुरु भए संगै अपिहिमाल गाउँपालिकाका धेरैजसो विद्यालयका अभिभावकसंगै विद्यार्थी यार्चागुम्बा खोज्न लेकतिर लागेका छन् । विद्यालय सञ्चालन गरे पनि विद्यार्थी नआउने भएकाले बर्खे र हिउँदे विदामा मिलान हुने गरी गाउँपालिकाकाले यो सिजनमा विद्यालयहरुमा विदा दिदै आएको छ ।

स्थानीय सर्वसाधारण तथा विद्यार्थी यार्चा संकलन हुने पाटन उक्लिएपछि अपिहिमालका अधिकांस गाउँ यति बेला सुनसान भएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?