प्रेम जोशी ‘सन्देश’ दार्चुला । लगातार दुई दिनको सार्वजनिक विदाले कतिपय मानिसमा आरामभन्दा बढी बोरियत र मानसिक तनाव बढाउने अवस्था सिर्जना गरिरहेको अनुभव हुन थालेको छ । शनिबार घरायसी काम, सरसफाइ वा व्यक्तिगत काममा समय बिताउन सकिए पनि आइतबार भने दिन कसरी बिताउने भन्ने चुनौती हुने गरेको धेरैको गुनासो छ ।

विशेषगरी शहरी क्षेत्रमा खेतीपाती वा उत्पादनमूलक काममा जोडिने अवसर कम हुँदा खाली समय व्यवस्थापन कठिन बन्ने गरेको छ । सानो बारी वा करेसाबारी भए पनि मानिसहरूलाई समय सदुपयोग गर्न, मानसिक ताजगी लिन र उत्पादनसँग आत्मीयता बढाउन सहयोग पुग्ने धारणा व्यक्त गरिएको छ ।

यही सन्दर्भमा सार्वजनिक विदाको व्यवस्थापनबारे पुनर्विचार गर्नुपर्ने सुझावसमेत आएको छ । आइतबारको विदालाई हप्ताको बीचतिर सार्न सकिए कामको चाप र मानसिक थकान कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

धेरै मुलुकहरूमा विदाको समय सिर्जनात्मक, उत्पादनमूलक तथा अतिरिक्त आम्दानीसँग जोडिने गतिविधिमा प्रयोग हुने गरेको उदाहरण दिँदै नेपालमा पनि खाली समयको सदुपयोग गर्ने वातावरण निर्माण आवश्यक रहेको धारणा राखिएको छ ।

नागरिकको मानसिक अवस्था, उत्पादनशीलता र जीवनशैलीलाई ध्यानमा राखेर सरकारले विदा व्यवस्थापन सम्बन्धी नीतिमा समयानुकूल बहस र पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

– जोशी सुदूरपश्चिम विश्वविद्यलय, गोकुलेश्वर बहुमुखी क्याम्पस दार्चुलाका उपप्राध्यापक हुनुहुन्छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?