दार्चुला । श्वास प्रश्वासमा समस्या आएर उपचारको लागि धनगढी लगिएका विद्युत कार्यालयमा कार्यरत कर्मचारीको मृत्यु भएको छ ।

नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रका एक कर्मचारीको शनिवार राती धनगढी लैजादै गर्दा बैतडीको सतबाँजमा मृत्यु भएको हो ।

शनिवार श्वास प्रश्वासमा अत्याधिक समस्या देखिएपछि उहाँलाई महाकाली नगरपालिको एम्बुलेन्सबाट धनगढी लगिएको भएपनि बाटैमा मृृत्यु भएको महाकाली नगरपालिका स्वास्थ्य शाखा प्रमुख मोहन महराले बताउनुभयो । उहाँलाई हेलिकोप्टरबाट लैजान खोजेपनि कोरोना परीक्षणको पीसीआर रिपोर्ट नभएकोले हेलिकोप्टर आएको थिएन ।

जिल्ला अस्पताल दार्चुलाका अनुसार उहाँको शरिरमा अक्सिजनको मात्रा कम रहेको थियो । कोरोना भाइरससंग मिल्दाजुल्दा लक्षण देखिएर मृत्यु भएकोले उहाँकोको स्वाव संकलन गरि पीसीआर परीक्षणका लागि बैतडी प्रयोगशाला पठाइएको छ ।

अक्सिजनको मात्रा न्यून रहेको स्वास्थ्य अवस्था चिन्ताजनक रहेकोले शनिबार जिल्ला अस्पतालबाट रेफर गरिएको अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?