फ्रान्सका पूर्वराष्ट्रपतिको कोरोना सङ्क्रमणका कारण निधन

दार्चुला । फ्रान्सका पूर्वराष्ट्रपति भेलेरी गिसकार्ड डिएस्टेङ्गको कोरोना भाइरसका कारण ज्यान गएको छ ।

९४ वर्षका उनलाई केही दिनअघि श्वासप्रश्वासमा समस्या देखिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालबाट स्वस्थ भएर घर फर्किए पनि उनको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उहाँले सन् १९७४ देखि १९८१ सम्म राष्ट्रपति रहेका उनी युरोपेली संघका प्रमुख संस्थापक समेत भए । उनलाई युरोपेली देशलाई एकजुट बनाउन योगदान पुर्याउने व्यक्तिको रुपमा पनि चिनिन्छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?