प्याज तरकारीर, माछामासु,दाल आदिमा हालिने मसलाको रूपमा प्रयोग गरिने मसला हो ।
प्याज प्रायः सबै ठाउँमा उत्पादन गर्न सकिन्छ । नेपालका पचहत्तरै जिल्लामा प्याज खेती हुने गरेको छ । देशभर प्याज दुई लाख ६३ हजार पाच सय ३६ टन भन्दा बढी उत्पादन हुने गर्दछ । यो उत्पादनले नेपाली बजारको माग धान्न सकेको छैन ।
प्याज खेती ब्यवसायिकिकरण गर्न कसरी उत्पादन बढाउन सकिन्छ । के के आवश्यक पर्दछ ? प्याज खेती गर्नु अगाडी हामीले यि कुराहरु थाहा पाउनु जरुरी हुन्छ ।
प्याजलाई मसलाको रूपमा मात्रै नभई औषधिको रूपमा पनि प्रयोग गरिन्छ । खानामा रुची बढाउन, रुघाखोकी नियन्त्रण गर्न, पेट दुःखेको बेला र बान्ता रोक्नमा समेत प्याजको प्रयोग गरिन्छ ।
प्याजको भाउ आकाशी एको खबर हामी सबैले सुन्दै आइरहेका छौ र यसपाली दार्चुलाका विभिन्न स्थानमा प्याजको बेर्नाको हाहाकार भइरहेको छ ।
प्याजका लागी भारतमै नीर्भर रहनुपर्ने भएकाले महंगो दाम हालेर पनी कीन्न बाध्य छौ, आफैले यसको खेती गर्ने हो भने बजारमा राम्रो मुल्य मा बेच्न सकीने सम्भावना हुन्छ, हामीले प्याज खेती कसरी प्रभावकारी रूपमा गर्न सकीन्छ भन्ने बारेमा कृषि प्राविधिक तथा प्रशिक्षक मदन राज जोशीसंगको सहकार्यमा यो रिपोर्ट तयार पारेका छौ ।
नेपालमा प्याज खेतीको लागी कुन कुन जातहरु उपयुक्त हुन्छन त ?
प्याज खेती घाम लाग्ने पारीलो ठाउमा गर्नुपर्छ प्याजको बोट १३ डीग्री सेन्टी गे्रड देखी २४ डीग्री सेन्टी गे्रड तापक्रममा फस्टाउछ ।
यसको खेती पानीको राम्रो नीकाश भएको हलुका दोमट मलीलो माटोमा गर्नुपर्छ । माटोको पीएच मान ६.० देखी ६.५ हुनुपर्छ ।
प्याजका जातहरू नासीक ५३, रेड क्रीयोल सुपरेक्स टी आइ १७२ ,कास, भेनस , विन्टर सिल्भर गरी सात ओटा हुन्छन ।
प्याजको खेती तीन तरीका बाट गर्न सकीन्छ !
१. बीउ छरेर
२. उमारेको बेर्नालाइ सारेर
३. प्याजको साना दानाको सेट तयार गरेर
यो रिपोर्टमा हामी बेर्ना सारेर गरीने खेतीका बारेमा यहाहरुलाई केही कुराहरु सिकाउने छौ ।
१. जग्गाको तयारी
प्याज खेतीको लागी ड्याङ बनाउन एक मीटर चौडाइ र आबस्यकता अनुसार साधारणतया तीन मीटर लम्बाइ भएको जमीन हुनुपर्छ !
दुई ड्याङको बीचमा करीब आठ इन्च जती खाली ठाउ राख्नुपर्छ !
मलखाद र प्राङ्गारीक तथा रसायनीक मलखादहरू (युरीया तथा हर्मोनहरू बाहेक )जमीन तयार गर्ने समयमा प्रती रोपनीका दरले तलको सुचीमा दीए अनुसार प्रयोग गर्नुपर्छ !
१ प्राङ्गारीक र गोबर मल करीब २ टन
२. पिना २० केजी
३. डीएपी १५ केजी
४.युरीया १०० केजी
५. म्युरेट ओफ पोटास १०० केजी
६. जीङ्क सल्फेट १ केजी
७. बोरेक्स १ केजी
८. बायोजाम १ केजी
९. हर्मोनहरू प्राबीधीकको सल्लाह बमोजीम प्रयोग गर्नु उपयुक्त हुन्छ ।
● बीउ दर
प्रती रोपनी ५००÷६०० ग्राम बीउ रोप्नुपर्छ !
●बेर्ना सार्ने तरिका र उपयुक्त मौषम
प्याजको बीउ छरेको गर्मी महीनामा एक महीना पछी र जाडो महीनामा दुइ महीनामा बेर्ना सार्न लायक हुन्छ !
दह्रा मोटा तथा स्वस्थ बीरूवा छनोट गरेर रोप्नुपर्छ ! प्याजको बेर्ना उखेल्नुभन्दा अघी नै क्रिनोक्सिल गोल्ड नामक ढूशी नासक बीशादी २ ग्राम प्रतीलीटर पानीका दरले मीसाएर ब्याडमा माटो भीज्ने गरी छर्नुपर्छ !
रोप्नको लागी छानीएको बेर्नाको जरालाइ रोप्नुभन्दा पहीले एचबी दुइ थोपा वा एटोनीक दुइ थोपा प्रतीलीटर पानीमा मीसाएर आधा घण्टासम्म छर्केर मात्र बेर्ना रोप्नुपर्द्छ । रोपीसकेपछी माटो कत्तीको चीसो छ अथवा छैन हेरेर आबस्यकता अनुसाय पाच दीनसम्म दीनको दुइ पटक पानी हाल्नुपर्छ ।
थप जानकारीको लागी कृषि प्राविधिक तथा प्रशिक्षक मदन राज जोशीको सम्पर्क नम्बर ९८४७११८२१६ मा सम्पर्क गर्न सक्नुहुने छ ।
मदन राज जोशी
लेकम गाउँपालिका – ५ मैखोली (मसाड)
श्री भानु माध्यमिक बीद्धालय चुरे – ३ चीत्रपुर कैलाली मा कृषि प्रशीक्षक





प्रतिक्रिया