पकिस्तानमा बलात्कारीलाई नपुंसक बनाउने नयाँ अध्यादेश जारी

दार्चुला । पाकिस्तानमा बलात्कारसम्बन्धी नयाँ अध्यादेश जारी गरिएको छ ।

लाहोरमा एक जना महिलामाथि भएको सामुहिक बलात्कारको विषयले देशभर आक्रोश पैदा गरेपछि बलात्कारीलाई कडा कारवाहीको प्रावधानसहित नयाँ अध्यादेश ल्याईएको हो ।

प्रधानमन्त्री इमरान खानको क्याबिनेटले स्विकृत गरेलगत्तै राष्ट्रपति आरिफ अल्भीले नयाँ अध्यादेश जारी गर्नुभएको हो ।नयाँ कानुन अनुसार बलात्कारका मुद्दा हेर्न फाष्ट ट्र्याक अदालत गठन हुनेछ ।

यस्तो अदालतले ४ महिनाभित्र मुद्दाको किनारा लगाउनेछ ।नयाँ कानुनमा बलात्कारीलाई कडा सजायँको व्यवस्था गरिएको छ ।बलात्कारमा दोषी ठहर भएका व्यक्तिलाई औषधिको प्रयोगमार्फत् नपुसंक बनाउन सकिने प्रावधान कानुनमा राखिएको छ ।

यो अध्यादेशमार्फत् यौन अपराधमा सहभागी व्यक्तिहरुको राष्ट्रिय अभिलेख तयार गरिने छ । पीडितको पहिचान गोप्य राख्नुपर्ने कानुनमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?