५ करोड ४५ लाख संक्रमणमुक्त, १७ लाख ८ हजारको मृत्यु

विश्वभरमा पाँच करोड ४५ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । मंगलबार बिहानसम्ममा पाँच करोड ४५ लाख ३३ हजार सात सय ३१ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा सात करोड ७६ लाख ८१ हजार १२ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १७ लाख आठ हजार एक सय ४४ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा २ करोड १४ लाख ३९ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड ८४ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये १ करोड सात लाख ५९ हजारभन्दा बढी निको भएका छन् भने तीन लाख २६ हजार पाँच सय ८१ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म १ करोड ७५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९६ लाख ३५ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ४६ हजार एक सय ४५ जना पुगेको छ ।

नेपालमा हालसम्म दुई लाख ५४ हजार पाँच सय १४ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ४४ हजार सात सय ४३ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार सात सय ९५ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?