चिनियाँ कम्युनिस्ट पार्टीको टोली काठमाण्डौ आइपुग्यो

दार्चुला । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्रीसहितको टोली आइतबार (आज) नेपाल आएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा राजनीतिक सङ्कट गहिरिँदै गएका बेला चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वको टोली काठमाण्डौ आएको हो ।

उपमन्त्रीको टोली बेइजिङबाट छङ्तुको बाटो हुँदै दिउँसो काठमाण्डौ आइपुगेको हो । चिनियाँ उच्च तहका नेताको नेतृत्वमा एक टोली दिउँसो सवा एक बजेतिर एअर चाइनाको चार्टड जहाजमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएको स्रोतले जनाएको छ ।

चिनियाँ टोलीको यो भ्रमणबारे परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा कुनै पनि जानकारी गराएको छैन । यद्यपि उपमन्त्री गुओसहित चार जनाको टोलीले नेकपाका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

नेकपामा विभाजन आएपछि चिनियाँ कम्युनिस्ट पार्टीले चासो र चिन्ता व्यक्त गरेको छ । नेकपा विभाजनपछि यसअघि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति, प्रधानमन्त्रीका साथै नेकपाका शीर्ष नेताहरूलाई भेट गर्नुभएको थियो । भेटमा उहाँले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा जानकारी लिनुभएको थियो ।

नेपालमा प्रतिनिधि सभा भङ्ग भएसँगै नेकपा विभाजित भएकोबारे चीनले चासोका साथ हेरिरहेको छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?