इन्डोनेशियामा ६२ जना यात्रु चढेको जहाज दुर्घटना, खोजी सुरु

दार्चुला । इन्डोनेशियाको राजधानी जकार्ताबाट ६२ जना यात्रु बोकेर उडेको एउटा यात्रुवाहक विमान उडेको केही बेरमै दुर्घटनाग्रस्त भएको छ ।

श्रीविजया एयरको बोइङ–७३७ विमान वेस्ट कालिमान्तान प्रान्तको पोन्टिआनक जाने क्रममा उडेको ४ मिनेटमै राडारबाट हराएको थियो । जहाजमा चालक दलका १२ जना र ५० जना यात्रु रहेका बीबीसीले जनाएको छ ।

जहाज विमानस्थलबाट २० किलोमिटर टाढा दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अहिले विमानको खोजी भइरहेको बीबीसीले जनाएको छ । नेशनल सर्च एन्ड रेस्क्यु एजेन्सीका अधिकारी बामबैङ्ग सुर्याे अजीले दुर्घटना भएको सम्भावित क्षेत्रलाई आधार मान्दै खोजी कार्यलाई तीव्र बनाइएको जानकारी गराउनु भएको छ । अजीले राजधानी जकार्ताको उत्तर पश्चिम दिशामा पर्ने लाकी र लानकेङ टापुको बीचमा विमान खसेको हुनसक्ने बताउनु भएको छ।

जहाज ठूलो वर्षाका कारण निर्धारित समयभन्दा आधा घन्टा ढिला उडेको थियो । इन्डोनेशियाको यातायात मन्त्रालयले भने खोजी र उद्धारमा कठिन भएको भन्दै आधिकारिक जवाफ दिएको छैन् । बीबीसीका अनुसार माछा मार्ने मानिसहरुले जहाज समुद्रमा झरेको देखेको बताएका छन् । जहाजका जस्ता टुक्राका तस्बिर र भिडियोहरु सार्वजनिक भइरहेको बताएको छ ।

सम्पर्कविहीन भएको जहाज बोइङ कम्पनीको २६ वर्ष पुरानो रहेको छ । इन्डोनेशियामा यसअघि पनि दुई ठूला यात्रुवाहक विमान दुर्घटना भएका थिए । पछिल्लो पटक सन् २०१८ को अक्टोवरमा इन्डोनेशियन लायन एयरको विमान समुद्रमा दुर्घटना हुँदा १ सय ८९ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?