भारतमा शनिबारबाट कोरोनाविरुद्धको खोप अभियान सुरु हुने

दार्चुला । भारतले आउँदो शनिबारबाट कोरोनाविरुद्धको खोप अभियान सुरु गर्ने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको उच्च सरकारी अधिकारीसहितको बैठकले जनवरी १६ अर्थात् आउँदो शनिबारदेखि खोप अभियान सुरु गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ । भारतले यसअघि नै आउँदो जुलाईसम्ममा ३० करोड मानिसलाई खोप लगाउने घोषणा गरिसकेको छ । शनिबारदेखि सुरु हुने पहिलो चरणको खोप देशभरि निःशुल्क उपलब्ध गराउने खबरमा उल्लेख छ ।

भारतले पहिलो चरणमा स्वास्थ्यकर्मी तथा कोरोनाविरुद्धको अभियानमा अग्रपङ्तिमा खटिएकाहरुलाई र त्यसपछि ५० वर्षभन्दा बढी उमेरका र जटिल स्वास्थ्य भएकाहरुलाई खोप लगाउने योजना बनाएको छ । बैठकमा खोप अभियानका लागि गरिएको पूर्व तयारीको समेत समिक्षा भएको बीबीसीले जनाएको छ । भारतले खोप अभियानका लागि झण्डै सवा ६ लाख जनालाई तालिम दिइसकेको छ ।

भारत सरकारले स्वदेशमै उत्पादन भइरहेको कोभिशिल्ड र कोभ्याक्सिन खोपलाई आपतकालीन अनुमति दिइसकेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?