विश्वभर ६ करोड ८१ लाख संक्रमणमुक्त, २० लाख ३८ हजारको मृत्यु

दार्चुला । विश्वभरमा ६ करोड ८१ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । सोमबार बिहानसम्ममा ६ करोड ८१ लाख ४८ हजार ९४१ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा ९ करोड ५४ लाख ५४ हजार ५१५ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २० लाख ३८ हजार ९१९ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा २ करोड ५२ लाख ६६ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म २ करोड ४४ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये १ करोड ४४ लाख २४ हजारभन्दा बढी निको भएका छन् भने ४ लाख ७ हजार १६० जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म १ करोड ५ लाख ७२ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये १ करोड २ लाख १० हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ५२ हजार ४५६ जना पुगेको छ ।

नेपालमा हालसम्म २ लाख ६७ हजार ३२२ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये २ लाख ६१ हजार ४४४ जना निको भएका छन् । यहाँ कोरोनाबाट १ हजार ९५९ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?