दार्चुला । भारतको उत्तराखण्डमा हिमताल फुटेर ठूलो बाढी गएको छ । चमोली जिल्लाको जोशीमठमा हिमताल फुट्दा धौलीगङ्गा नदीमा बाढी आएको तपोबन बिस्णुगाड परियोजनामा कार्यरत कर्मचारी हरि भट्टले बताउनुभयो ।
उहाँले भन्नुभयो, हिमताल फुटेपछिको नदीमा आएको बाढी विभिन्न गाउँमा पसेको र घरहरू क्षति गरेको छ ।
हिमताल फुटेको सूचना पाएपछि प्रहरीसहित जिल्ला प्रशासन कार्यालयको टोली घटनास्थलतर्फ गएको बताईएको छ । हिमताल विस्फोटपछि आएको बाढीले ऋषि गङ्गा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको आशङ्का गरिएको छ ।
उहाँका अनुसार यस आयोजनामा काम गरिरहेका ,१० जनाको सब भेटिएको छ, भने दुई सय मजदुर हराइरहेका छन् ।
उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले ट्वीट गर्दै आफू घटनास्थलतर्फ जाँदै गरेको बताउनुभएको छ । उहाँले ट्वीट गर्दै अफवाद नफैलाउन ध्यान दिन र पुरानो भिडियो शेयर नगर्न आग्रह गर्नुभएको छ ।
भारतका गृह मन्त्री अमित शाहले राहत र उद्धारका लागि राष्ट्रिय आपत् प्रतिक्रिया बलको टोली पठाइएको जानकारी दिनुभएको छ ।
हिमताल फुटेपछिको नदीमा आएको बाढी विभिन्न गाउँमा पसेको र घरहरू क्षति गरेको बताइएको छ । हिमताल फुटेको सूचना पाएपछि प्रहरीसहित जिल्ला प्रशासन कार्यालयको टोली पनि घटनास्थलतर्फ गएको बीबीसीले जनाएको छ ।
उत्तराखण्डका प्रहरी महानिर्देशक अशोक कुमारले भन्नुभयो, ‘हिमतालले ऋषि गङ्गा जलविद्युत् आयोजना पूर्णरुपमा ध्वस्त गरिदिएको छ । त्यहाँ २०० जनाभन्दा धेरै मजदुर काम गर्दथे, उनीहरु पनि हताहत भएको सम्भावना छ । हाम्रो टोली त्यहाँ पुगेको छ । बाढीसँगै आएको माटोमा पुरिएका मानिसहरुको खोजी भइरहेको छ ।’




