अछाममा टिपर दुर्घटनाः एक जनाको मृत्यु, २ जना घाइते

अछामको पञ्चदेवल विनायक नगरपालिका कीर्तिपुरमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार उक्त टुर्घटनामा परी कैलाली जिल्ला बस्ने ३५ वर्षीय टिपर चालक प्रकाश चौधरी को ज्यान गएको छ ।

त्यस्तै बैतडी पाटन नगरपालिकाका २७ वर्षीय योगेश कठायत र डडेल्धुराको परशुराम नगरपालिकाका ३० वर्षीय डम्मर साउद घाइते भएका छन । घाइतेलाई थप उपचारका लागि कैलालीतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

गैरीटाँडबाट विनायकतर्फ गरिरहेको से १ क ७५४ नम्बरको टिपर दुर्घटनामा परेको हो । टिपर सडकबाट कम्तीमा पनि ५०० मिटर तल खसेको ट्राफिक प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?