गुटको राजनीतिमा सुटबूट हुनसक्छ
समय आएपछि गुट टुटफुट हुनसक्छ
विवेक गुमाउँदै आदर्श न फालौ साथी
अहिलेको गुट भोलि एकजुट हुनसक्छ
परिस्थिति हो राजनीति भन्या सम्हालिनै पर्छ
अवस्था नाजुक भए बीचमै कुटाकुट हुनसक्छ
यो देशलाई बनाउने जिम्मा पक्कै युवाहरुको हो
हामी सचेत भएनौ भने यहाँ ब्रह्मलुट हुन सक्छ
ज्यान समाप्त भएको छ धेरैको आसै आसमा
समीक्षा हुँदै सहिद रगतको माइन्युट हुनसक्छ
:-दिनेश नागारी, बैतडी





प्रतिक्रिया