सुदूरपश्चिमबाट औद्योगिक विकासको युग सुरु : उद्योगमन्त्री भट्ट

दार्चुला । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु भएको बताउनु भएको छ ।

आइतबार प्रेस सङ्गठन नेपालले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री भट्टले सबै प्रदेशमा धमाधम औद्योगिक क्षेत्र सञ्चालनमा आउने बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली भोलि कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको उद्घाटन गर्न आउने कार्यक्रम रहेको जानकारी दिँदै मन्त्री भट्टले सुखी नेपाली समृद्ध नेपालको नारालाई कार्यान्वयन गर्न देशभर औद्योगिक क्षेत्रहरूको शिलान्यास गर्ने कार्यक्रम तय भएको बताउनुभयो ।

९ अर्बको लागतमा ५ वर्षभित्र सम्पन्न हुने गरी दैजी छेला औद्योगिक क्षेत्रको निर्माण गरिने मन्त्री भट्टले बताउनुभयो ।

कैलालीको हरैयामा साढे ३ सय बिगाहा क्षेत्रफलमा सेज निर्माण, डुढेझारीमा औद्योगिक क्षेत्र, कञ्चनपुरमा सुख्खा बन्दरगाहको अध्ययन प्रतिवेदनको काम अगाडी बढी सकेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?