दार्चुला । बैतडीको दोगडाकेदारमा सम्पन्न पन्ज्युनयाँ क्रिकेट लिग–४ उपाधी देवभूमि लेकम क्रिकेट टिमले जितेको छ । शुक्रबार (आज) सम्पन्न फाइनल प्रतियोगितामा चौलानी सभ्यता समाज, बस्कोटलाई पराजित गर्दै देवभूमि लेकम क्रिकेट टिमले प्रतियोगिताको उपाधी जितेको हो ।

फाइनलमा टस हारेर ब्याटिङको निम्तो पाएको चौलानी सभ्यता समाजले १९औँ ओभरमा सबै विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो । १ सय ३९ रनको लक्ष्य पाएको लेकमले १९ ओभर १ बलमा ७ विकेट गुमाएर लक्ष्य पुरा गरेको सुशितम युवा क्लवका सदस्य असोक सिंह कार्कीले बताउनुभयो ।

उपाधी जितेको लेकमका लागि विष्णु सिंह विष्टले सर्वाधिक नटआउट ६० रन बनाउनुभएको थियो भने बलिङ तर्फ साजन बिटालुले ५ विकेट लिनुभएको थियो ।

यो संगै प्रथम भएको देवभूमी लेकम क्रिकेट टिमले २ लाख २२ हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उप-विजेता भएको चौलानी सभ्यता समाजले ६६ हजार नगदसहित ट्रफि, प्रमाण पत्र र मेडल प्राप्त गरेको छ ।

सुशितम युवा क्लवका अध्यक्ष वीरसिंह कार्कीको अध्यक्षतामा भएको पुरष्कार वितरण कार्यक्रममा दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पार्वती कार्की, वडा अध्यक्षहरु, खेलाडी लगायत खेल प्रेमीहरुको सहभागिता रहेको थियो ।

सुशितम युवा क्लवको आयोजनामा यहि असोज २१ गतेदेखि सञ्चालन भएको प्रतियोगिता चौँथो संस्करणको प्रतियोगितामा १३ टिमको सहभागिता रहेको थियो ।

सुशितम युवा क्लबको आयोजना प्रतेक बर्ष आयोजना हुँदै आएको प्रतियोगिताको पहिलो संस्करणको उपाधी दोगडास्टार क्लबले हात परेको थियो भने दोस्रो संस्करणको उपाधी सुशितम युवा क्लब र गत वर्ष सम्पन्न तेस्रो संस्करणको उपाधि हुनैनाथ मालिकार्जुन क्रिकेट क्लबले जितेको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

दार्चुलासहित सुदूरपश्चिममा भव्यताकासाथ गौरा मनाइयो, खेणी, धोणी बर्षाले प्रभावित (भिडियो)

२०८२ भाद्र १७, मंगलवार १४:४० गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?