दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा महाशिवरात्रीको अवसरमा हरेक वर्ष लाग्ने ऐतिहासिक मेला २०८१ सम्पन्न भएको छ । नौँ दशक लामो सांस्कृतिक महत्त बोकेको गोकुलेश्वर शिवरात्री मेला व्यापारीक दृष्टिकोणले पनि प्रशिद्ध छ ।
एक हप्ता लामो गोकुलेश्वर मेलामा लुगाकपडा, मिष्ठान्न परिवारका साथै घरका लागि चाहिने स्थानीयस्तरमा उत्पादित बस्तुहरुको खरिद बिक्री भएको छ । निगाँलोबाट निर्मित डोको, मट्टा, सुप्पा, छाप्राको कारोबार बढी भएको स्थानीयले बताएका छन्। मेलामा विभिन्न धातुका भाडाकुडाहरुका साथै फलामबाट बनेका हँसिया, बन्चरो, कोदालीहरु समेत विक्रि वितरण भएका छन् । व्याँसी शौका समुदायका व्यापारी समेत गोकुलेश्वर मेलामा ऊनबाट बनेका लुगाकपडाको व्यापार गर्न पुगेका थिए । घुसा तथा खण्डेश्वरी लगायत दार्चुलाका विभिन्न हिमाली क्षेत्र तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका व्यापारीहरुले मेलामा विभिन्न प्रकारका जडिबुटीहरु ल्याएर विक्री गरेका छन् ।

दार्चुलासहित छिमेकी जिल्ला बैतडी, बझाङ, डडेल्धुरा र भारतका केहि ठाँउबाट समेत गरि हजारौँले गोकुलेश्वर शिवरात्री मेलाको अवलोकन गरेका छन् भने धेरैले व्यापार व्यवसाय गरेका छन् । हरेक वर्ष शिवरात्रीको अवसरमा लाग्ने धार्मिक, पर्यटकीय र व्यापारिक महत्वले प्रशिद्ध गोकुलेश्वर मेला यस वर्ष गत फागुन १४ गतेबाट शुरू भएको थियो ।

गोकुलेश्वर महाशिवरात्री मेलाको सर्वप्रथम ८४ वर्ष पहिले विक्रम संवत १९९७ सालमा गोकुलेश्वरका तत्कालीन समाजसेवी स्वर्गिय लक्ष्मण विष्टले शुरूवात गरेको पाइएको छ । स्वर्गिय लक्ष्मण बिष्टले तत्कालिन समयमा काठमाडौको पशुपतिनाथबाट बालुवा ल्याई जगतपुरीधामको बगरमा छर्किएको र स्थानीयहरूलाई निम्तो दिइ यज्ञसमेत लगाएर शिवरात्री मेलाको शुरूवात गरेको बुढापाखाहरु बताउछन् । गोकुलेश्वर मेला धार्मिक मात्रै नभइ व्यापारीक दृष्टिकोणले समेत प्रशिद्ध छ । पुर्खाले शुरूवात गरेको यस ऐतिहासिक पर्वको संरक्षण र अस्तित्व रक्षाका लागि स्थानीय सरकारका साथै सबै समुदायले चासो दिनुपर्ने आवश्यकता रहेको छ ।

यसैबिच बैतडीको डिलासैनी गाउँपालकाले हरिनगर क्षेत्रमा कृषि प्रद्धर्शनी मेला लगाइएको थियो । मेलामा स्थानीय स्तरमा उत्पादिन कृषि साम्रगीहरुको प्रद्धर्शनी गरिएको गाउँपालिकाले जनाएको छ । गोकुलेश्वर मेला वर्षाका कारण दुई दिन प्रभावित भएपनि चौथो मेलादेखि व्यापार फष्टाएको थियो । एक हप्ता लामो मेला सम्पन्न भएको हो ।
गोकुलेश्वर मेला-२०८१ को भिडियो हेर्नुहोस
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




