दार्चुला । दार्चुलाको महाकाली नगरपालिका र नगरपालिका अन्तरगत ९ वटै वडाको चालु आर्थिक वर्ष २०८१।०८२ को पहिलो र दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । महाकाली नगरपालिकाको आयोजना र मालिकार्जुन सामुदायिक संस्था (रेडियो लोकदर्पण) को सहजीकरणमा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सार्वजनिक सरोकारका विषयमा सेवाप्रदायक र सेवाग्राहीबीच छलफल गराइएको छ ।

महाकाली नगरपालिकाको वडा नम्बर १, २ र ९ मा वैशाख ३ गते, वडा नम्बर ४, ५ र ६ मा वैशाख ४ गते, वडा नम्बर ३, ७ र ८ मा वैशाख ९ गते सार्वजनिक सुनुवाई गरिएकोमा वैशाख ७ गते आइतबार (आज) महाकाली नगरपालिका कार्यालयको सार्वजनिक सुनुवाई सम्पन्न गरिएको हो । नगरसभाहलमा आयोजित कार्यक्रममा वडाबाट आएका सुझाब, गुनासा र प्रश्नको जवाफ माग्नुका साथै सहभागिबाट उठेका प्रश्नमाथि छलफल गरिएको थियो ।

नगरप्रमुख नरसिंह चैसिरको अध्यक्षतामा सञ्चालन भएको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ईश्वरी ठगुन्नाले वस्तुस्थिति विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रका सहभागि नागरिक समाज दार्चुलाका संयोजक महेश भट्टले बजार क्षेत्रमा सडकका खाल्डाखुल्डी तथा नाली व्यवस्थापन, महाकाली नदी किनारमा राखिएको बालुवा हटाएर पीडित भएकाहरुको समस्या समाधान, मदिरा व्यवस्थापन, कान्जि हाउस तथा गौसाला व्यवस्थापन, बसाईसराई रोक्ने योजना, भारतले नेपाली भूमिमा निर्माण गरिरहेको तटबन्ध, सरसफाई व्यवस्थापन, कृषि र पशु क्षेत्रमा लगानी र प्रतिफलको अवस्थाबारे प्रश्न तथा सुझाव दिनुभएको थियो । यस्तै अर्का स्थानीय हिक्मत सिंह कार्कीले गाउँ जाने घोरेटो बाटो निर्माणको माग गर्नुभयो । सामाजिक सञ्जालबाट समेत प्रशासकीय भवन निर्माण नभएको, योग हल निर्माण गरिनुपर्ने, लास्कु खोला बाढीपीडितले राहत नपाएको लगायत विषयमा प्रश्न तथा माग राख्नुभएको थियो ।

वडातहको सार्वजनिक सुनुवाई कार्यक्रममा वडामा पुजिगत बजेट प्राप्त नभएको गुनासो आएका थिए । यस्तै वडा नम्बर १ मा लास्कु खोलामा तटबन्ध र पुल निर्माण गरिनुपर्ने, बाढीपीडित वडा घोषणा गरिनुपर्ने, लास्कुमा सिचाई सुविधा हुनुपर्ने, बिग्रिएको रोपवे मर्मत गरिनुपर्ने, विभिन्न खोलामा पुल निर्माण गरिनुपर्ने लगायत सुझावहरु प्राप्त भएका थिए । वडा नम्बर २ मा वडा कार्यालय भवन निर्माण गरिनुपर्ने, वडा नम्बर ३ मा सडक स्तरोन्नती हुनुपर्ने, वडामा बजेट आउनुपर्ने, वडा नम्बर ४ मा बजारबाट महाकाली नदी क्षेत्र जाने बाटो निर्माण गरिनुपर्ने, कौशी खेती गरिनुपर्ने, छत, नाली र शौचालयको ढल व्यवस्थापन, वडा नम्बर ६ मा सडक स्तरोन्नती गरिनुपर्ने, विद्यालय र स्वास्थ्य संस्था संस्था अनुगमन तथा नियमन गर्नुपर्ने, वडा नम्बर ७ मा लटिनाथ मन्दिरको अधुरो घेरपर्खाल निर्माण गरिनुपर्ने, ठगुन्ना टोलदेखी नहरसम्मको बाटो निर्माण गरिनुपर्ने, स्वास्थ्यका करार कर्मचारीको तलब बृद्धि गरिनुपर्ने, वडा नम्बर ८ मा दलित बस्तीमा बाटो र सिचाई नहर निर्माण गरिनुपर्ने, वडा नम्बर ९ मा दत्तु स्वास्थ्य चौकीमा खानेपानी व्यवस्थापन गरिनुपर्ने, सहकारी व्यवस्थापन, वडामा बजेट दिनुपर्ने लगायत विभिन्न सुझाव, गुनासो, माग र प्रश्न आएका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै नगरप्रमुख नरसिंह चैसिरले प्राप्त सुझावहरु आगामी दिनमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो । यो वर्ष बजेट अभावमा वडाहरुमा योजना सञ्चालन गर्न नसकिएकोले आगामी वर्ष वडामा बजेट तथा योजना जाने, जमिन अभावमा नगरपालिकाको प्रशासकीय भवन निर्माण गर्न नसकिएकोले जमिन प्राप्तिको प्रयास जारी रहेको, लास्कु खोलामा झोलुंगे पुल निर्माणको सुनिश्चितता भएकोले तत्काल धेरै लगानी नगर्ने तथा अस्थायी रुपमा आवतजावतको व्यवस्थापन मिलाउने तथा नगरभरीका समस्या समाधानका लागि स्रोतको उच्चतम सदुपयोग गरेर आगामी बजेट निर्माण तथा कार्यान्वयन गर्ने बताउनुभयो । कार्यक्रममा नगरउपप्रमुख दुर्गाकुमारी खत्री बिष्टले विभिन्न समस्याका कारण जनअपेक्षा अनुसार काम गर्न नसकिएको बताउदै आगामी दिनमा सबैले कमजोरी सुधार गरेर अगाडी बढ्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रमको सहजीकरण रेडियो लोकदर्पणका स्टेसन म्यानेजर तथा पत्रकार लोकेन्द्रप्रसाद जोशीले गर्नुभएको थियो । छलफल सम्पन्न भएपछि नगरप्रमुख चैसिरले कार्यक्रम समापन गर्नुभएको थियो ।

नगरपालिकाको बस्तुस्थिति विवरण सुन्न यहाँ क्लिक गर्नुहोस
सार्वजनिक सुनुवाईको छलफल हेर्न सुन्न यहाँ क्लिक गर्नुहोस
नगरप्रमुखको समापन मन्तव्य सुन्न यहाँ क्लिक गर्नुहोस

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?