राष्ट्रिय धाम श्री शैल्य-मालिकार्जुन क्षेत्रका वन फडानी, अतिक्रमण र चोरी सिकारीको चपेटामा

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का २ वटा सामुदायिक वन फडानी , अतिक्रमण र चोरी सिकारीको चपेटमा परेका छन् । वडा नम्बर ३ मा अवस्थित राष्ट्रिय धाम श्री शैल्यशिखर मालिकार्जुन क्षेत्रमा रहेको एैतिहासिक वन क्षेत्रमा अतिक्रमणसंगै वन फडानी र अन्दाधुन्द चोरी सिकारी भइरहेको स्थानीय अनिल सिंह धामीले बताउनुभयो ।

वन संरक्षणको लागि उक्त क्षेत्रमा दुई वटा धौखानी सामुदायिक वन उपभोक्ता समिति र कौलासैन सामुदायिक वन उपभोक्ता समिति गठन गरिएको छ। उपभोक्ता समितिले संरक्षणको जिम्मा पाए पनि सामुदायिक वनबाट दिनप्रतिदिन चोरी सिकारी, अतिक्रमण तथा फडानी नरोकिएको स्थानीयहरुको भनाई छ।

सामुदायिक वन क्षेत्र संरक्षणको लागि उपभोक्ता समितिले काम गरिरहेको भए पनि स्थानीयहरुबाटै अतिक्रमण र फडानी भइरहेको कौलासैन सामुदायिकन वन उपभोक्ता समितिका अध्यक्ष गणेश सिंह धामीले बताउनुभयो । ”वन संरक्षणको जिम्मा अध्यक्षलाई मात्रै भए जस्तो गर्छन अध्यक्षकै वन हो भन्ने मानसिकता स्थानीयमा छ, एक जना अध्यक्षले मात्रै संरक्षण गरेर हुने अवस्था छैन” उहाँले भन्नुभयो । सामुदायिक वन संरक्षणको जिम्मा पाएका स्थानीयहरुनै वन अतिक्रमण र फडानीमा लाग्दा संरक्षणमा चुनौती देखिएको उहाँले बताउनुभयो ।

त्यस्तै उक्त क्षेत्रमै रहेको धौखानी सामुदायिक वनको धेरै क्षेत्र अतिक्रमण भएको अध्यक्ष ज्ञान सिंह धामीले बताउनुभयो । वन क्षेत्र अतिक्रमण गरेका स्थानीयहरुलाई पटक पटक आग्रह पनि स्थानीयले छोड्न तयार नभएको उहाँले बताउनुभयो । “वन क्षेत्र संगै जग्गा जोडिएका स्थानीयहरुले सामुदायिक वनको ठुलो भु–भाग अतिक्रमण गरेका छन् ।

यस बारे वन कार्यालयलाई पनि जानकारी गराई सकेका छौ उपभोक्ता समितिले पटक पटक आग्रह गर्दा पनि अतिक्रमण गरेको क्षेत्र छाड्न स्थानीय तयार छैन्न” उहाँले भन्नुभयो ।

यस विषयमा डिभिजन वन कार्यालय दार्चुला संग पटक पटक आग्रह गर्दा पनि कुनै चासो नै नदेआएको स्थानीयहरुले धामीले बताउनुभयो । पछिल्लो १ वर्ष यता मात्रै पटक पटक वन क्षेत्रको समस्यालाई लिएर कार्यालय प्रमुख र अन्य सम्बन्धीत कर्मचारीलाई आग्रह गर्दा पनि कुनै चाँसो नै नदेखाएको उहाँले बताउनुभयो ।

उपभोक्ता समितिको निष्क्रीयता र वन कार्यालयको ववास्ताका कारण जिल्लाका अधिकांस सामुदायिक वनबाट जङ्गली जनावरको निर्वाध चोरी सिकारी भइरहेको छ भने वन फडानी र अतिक्रमण पनि बढ्दो क्रममा रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?