हमासले बन्धक बनाएकामध्ये दुईजना रिहा

दार्चुला । गत असोज २० गते हमासले इजरायलमाथि आक्रमण गरी बन्धक बनाएका बिभिन्न देशका दुई सय नागरिकमध्ये दुइजना अमेरिकी नागरिकलाई रिहा गरेको छ ।

रिहा गरेका अमेरिकी नागरिकहरुमा आमा र छोरी रहेका छन् । इजरायाली प्रधानमन्त्री बेन्जामिन नेतान्युहले भने हमासले बन्धक बनाएका अन्यको हकमा पनि अपहरणमुक्त गर्ने प्रयास जारी रहेकाले बन्धकमा परेका परिवारलाई धैर्यधारण गर्न अपील गर्नुभएको छ ।

हमासले गरेको आक्रमाणमा इजरायलतर्फ १४ सय जनाको मृत्यु भएको थियो भने हमासतर्फ ४ हजार बढीको मृत्यु भएको थियो ।

हमासको आक्रमणपछि दुई सयभन्दा बढीलाई बन्धक बनाएकोमा अधिकांश विदेशी नागरिक रहेका छन् । बन्धक बनाइएकाहरुमा २० बालबालिका र २० जना वृद्धवृद्धा रहेको इजरायली सेनाले जनाएको छ । बन्धक बनाइएकाहरुमा नेपालका नागरिक बिपिन जोशी पनि रहेको अनुमान गरिएको छ । एजेन्सी

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?