चीनमा श्वासप्रश्वाससम्बन्धी नयाँ रोग फैलियो

दार्चुला । चीनमा श्वासप्रश्वाससँग सम्बन्धित नयाँ रोग फैलिएको छ। बालबालिकामा निमोनियाका लक्षणसँग मिल्दो नयाँ रोग देखिएको चिनियाँ अधिकारीले बताएका छन्।

समाचार संस्था रोयटर्सका अनुसार नेशनल हेल्थ कमिसन चिनका अधिकारीहरुले एक साताअघि नै श्वासप्रश्वासँग सम्बन्धित उक्त नयाँ रोगबारे जानकारी दिइसकेका छन्। ज्वरो, खोकी, फोक्सो सुनिने र सास लिन समस्या हुने जस्ता लक्षण देखिएका छन्।

डब्ल्युएचओले एक विज्ञप्ति जारी गर्दै चीनमा फैलिएको नयाँ उक्त रोगले महामारीको रुप लिन सक्ने सम्भावना र अन्य क्लिनिकल जानकारीका साथै प्रयोगशाला नतिजाहरू माग गरेको बताएको छ।

महामारी रोग विज्ञ एरिक फेइङ-डिङले पहिचान हुन नसकेको निमोनियाको महामारीु भन्दै सामाजिक सञ्जाल एक्स (ट्विटर)मा भिडियो सहित जानकारी राखेका छन्।

‘चीनमा ठूलो संख्यामा निमोनियाको महामारी फैलिरहेको छ। बेजिङ लियनिङ लगायतका बाल अस्पताल बिरामी बालबालिकाले भरिभराउ छन्। बेजिङ बाल अस्पतालमा क्षमता भन्दा बढी बिरामीको चाप छ। धेरै स्कुल बन्द गरिएका  छन्,’ उनले लेखेका छन्।

यसको सुरुवात गत महिनाको सुरुमा भएको बताइएको छ।स्वास्थ्यखबर

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?