दार्चुला । भारतमा चट्याङ लागेर २४ जनाको मृत्यु भएको छ ।
आइतबारबाट गुजरातमा भारी वर्षा र असिनासंगै चट्याङ लागेर २४ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
भारी वर्षाले दर्जनौं घरहरुमा क्षति पु¥याउनुका साथै पशु चौपाया पनि मरेका छन् ।
गुजरातमा जाडो मौसम शुरु भएपछि भारी वर्षा र आँधीबेहरी सामान्य भए पनि यो वर्ष भने ठुलो मानवीय क्षति भएको अधिकारीहरुले जनाएका छन् ।
जलवायु परिवर्तनका कारण उच्च तापमानले विश्वव्यापी असर पु¥याएको भन्दै वैज्ञानिकहरुले यसको प्रभाव विश्वव्यापी पर्न सक्ने चेतावनी दिएका छन् । एजेन्सी
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया