जापानमा शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

दार्चुला । मध्य जापान र आसपासका क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ।

भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावा प्रान्तमा भवन भत्किँदा र आगलागी हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको बताइएको छ। क्षतिको थप विवरण र फसेका व्यक्तिहरूको बारेमा अन्यत्रबाट जानकारी आउने क्रम जारी रहेको राष्ट्रिय समाचार एजेन्सी क्योदोले उल्लेख गरेको छ ।

सोमबार इशिकावा प्रान्तको नोतो प्रायद्वीपमा ७।६ म्याग्निच्युडको भूकम्प गएको थियो। सोमबारदेखि जापानमा कम्तिमा १५५ पटक भूकम्प गएको बताइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?