दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाले अध्यक्षसंग नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्दै छ ।

गाउँपालिकाको स्वाथ्य शाखाको आर्थिक बर्ष २०८१-८२ को स्वीकृत कार्यक्रम अनुसार नसर्ने रोगका बिरामीहरुलाई लक्षित गरि अध्यक्षसंग नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्न लागेको गाउँपालिकाले जनाएको छ ।

उक्त कार्यक्रममा नसर्ने रोगहरु मधुमेह, उच्चरक्तचाँप, दम, अनिन्द्रा, मुटुरोग लगायतका रोगहरुको जाँच तथा उपचार गरिने गाउँपालिकाले जनाएको छ। त्यस्तै महिलाहरुको पाठेघरको मुखको क्यान्सर जाँच र ग्रामिण अल्ट्रासाउन्ड कार्यक्रम पनि सञ्चालन गरिने छ ।

माघ १३ गते देखि माघ १६ गते सम्म गाउँपालिकाका ४ वटा ठाउँहरुमा कार्यक्रम सञ्चालन हुने छ ।माघ १३ गते गाउँपालिकाको वडा नम्बर ३ च्युरानी आधारभुत स्वास्थ्य केन्द्रमा कार्यक्रम सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

त्यस्तै माघ १४ गते वडा नम्बर ५ को वडा कार्यालय भवन मुरै सितोलामा,माघ १५ गते वडा नम्बर ६ को माङदाङ स्वास्थ्य इकाइमा र माघ १६ गते गाउँपालिकाको वडा नम्बर ६ मा रहेको शेरी स्वास्थ्य चौकीमा कार्यक्रम सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?