दार्चुला । दार्चुलामा एचपिभी खोप अभियान सम्पन्न भएको छ। यहि माघ २२ गते देखि सञ्चालन भएको महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान सोमबार दार्चुलाका सबै स्थानीय तहमा सम्पन्न भएको हो ।
दार्चुलाका ९ वटै स्थानीय तहमा गरि लक्ष्यको ९७ प्रतिशत किशोरीले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो । जिल्लाका अन्य स्थानीय तहमा यस अघि नै खोप अभियान सम्पन्न भएको र आज महाकाली नगरपालिकामा पनि अभियान सम्पन्न भएको उहाँले बताउनुभयो ।
जिल्लाभरि ७ हजार २ सय ५५ जना किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्य रहेकोमा ७ हजार ४६ जनालाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङक रहेको छ । जिल्लाको अपिहिमाल गाउँपालिकामा २ सय ९५ जना किशोरीलाई खोप लगाउने लक्ष्य रहेकोमा सतप्रतिशत किशोरीलाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । लेकम गाउँपालिकामा ६ सय जना किशोरीलाई खोप लगाउने लक्ष्य रहेकोमा ६ सय जना किशोरीलाई नै खोप लगाइएको छ ।
मार्मा गाउँपालिकामा ९ सय ३० जना किशोरीलाई खोप लगाउने लक्ष्य रहेकोमा ९ सय १६ जना, दुहुँ गाउँपालिकामा ४ सय ६६ जना किशोरीलाई खोप लगाउने लक्ष्य रहेकोमा लक्ष्य भन्दा बढी ४ सय ८३ जनालाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका कार्यालय प्रमुख भट्टले जानकारी दिनुभयो । जिल्लाको शैल्यशिखर नगरपालिका १ हजार २ सय ५१ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा १ हजार २ सय २ जनालाई खोप लगाइएको छ।
त्यस्तै मालिकार्जुन गाउँपालिकामा ७ सय १६ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा ६ सय ८६ जना, नौगाड गाउँपालिकामा १ हजार ७२ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा १ हजार ७ जना र ब्याँस गाउँपालिकामा ४ सय ९२ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा लक्ष्य भन्दा बढी ५ सय ८ जनालाई एचपिभी खोप लगाइएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।
महाकाली नगरपालिकामा १ हजार ४ सय ३३ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा १ हजार ३ सय ४९ .जनालाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।




