शैल्यशिखर पोलिक्लिनिकमा हाडजोर्नी तथा बाथरोग विशेषज्ञ डा. शाह आउने

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ मा रहेको शैल्यशिखर पोलिक्लिनिक प्रा. लि. मा फागुन १५ देखि १७ गतेसम्म हाडजोर्नी, नशा तथा बाथरोग सम्बन्धी सेवा दिइने भएको छ। पोलिक्लिनिकका अनुसार यही फागुन १५ गते बिहिवार, १६ गते शुक्रबार र १७ गते शनिवारसम्म वरिष्‍ठ हाडजोर्नी तथा बाथरोग विशेषज्ञ डा. इन्द्र बहादुर शाहद्वारा स्वास्थ्य जाँच सेवा प्रदान गरिनेछ।

पोलिक्लिनिकमार्फत हातखुट्टाका जोर्नी दुख्ने, चिसो मौसममा जोर्नी कठ्यांग्रिने तथा सुन्निने समस्या, जोर्नीमा संक्रमण, मांसपेशी दुखाइ, हातखुट्टा बाउँडिने तथा फर्फराउने समस्या, सम्पूर्ण शरीर पोल्ने र झम्झमाउने, मेरुदण्ड तथा गर्धन दुखाइ, जोर्नी चलाउन गाह्रो हुने, हड्डीमा करकर तथा कराउने समस्या, क्याल्सियमको कमी, जोर्नी बाङ्गोटिङ्गो हुने, घुँडा सुन्निने, सोल्जर जोर्नी दुखाइ, युरिक एसिडका कारण हुने दुखाइ, हड्डीहरू बढ्ने, बिहान उठ्दा जोर्नी जमेर दुख्ने, ज्वरो आउने, ढाड, कम्मर तथा घाँटीको हड्डी भाँचिएको वा बाङ्गिएको लगायतका समस्या भएका बिरामीहरू परामर्श र जाँच सेवा प्रदान गरिने शैल्यशिखर पोलिक्लिनिकका सञ्चालक मनोज महराले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?