दार्चुला । दार्चुला सदरमुकाम खंलगामा रहेको दार्चुला बहुमुखी क्याम्पस खंलगामा लागुऔषध दुर्व्यवसन विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

सोमबार (हिजो) सामाजिक विकास कार्यालय दार्चुलाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय दार्चुलाको समन्वयमा लागुपदार्थ दुर्व्यवसन विरुद्ध क्याम्पसमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको सामाजिक विकास कार्यालय दार्चुलाका कार्यालय प्रमुख रामचन्द्र ओझाले जानकारी दिनुभयो ।

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुका लागी लागुपदार्थ दुर्व्यवसन विरुद्ध सचेतनामूलक कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतले विद्यार्थीलाई लागुऔषध प्रयोग, नियन्त्रण तथा न्यूनीकरण गर्ने उपायका बारेमा प्रशिक्षण गराउनुभएको थियो ।

कार्यक्रममा विधार्थीहरुलाई लागुऔषधका बारेमा जानकारी गराउनुका साथै लागुऔषध सेवनले स्वाथ्यमा पार्ने असर, लागुऔषध सेवन गर्न बाध्यहुने कारण, लागुऔषधको सेवन पश्चात देखिने लक्षणको बारेमा जानकारी गराउनुभएको थियो ।

त्यस्तै कुलतमा फसेकाहरुलाई कसरी सुधार गर्र्न सकिन्छ ? भन्ने बारेमा समेत विद्यार्थीहरुलाई जानकारी गराइएको सामाजिक विकास कार्यालय दार्चुलाका प्रमुख ओझाले बताउनुभयो । लागुऔषध नियन्त्रण तथा न्यूनीकरण गर्ने कार्यमा विद्यार्थी, विद्यायल, अविभावक र अन्य सरोकारवाला निकायहरुले खेल्नु पर्ने भूमिका लगायतका विषयहरुमा प्रशिक्षण गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतले बताउनुभयो ।

यस अघि पनि कार्यालयले जिल्लाको लेकम गाउँपालिका वडा ५ मा रहेको लटिनाथ नमुना माध्यमिक विद्यालय चौपाता, महाकाली नगरपालिका वडा ७ मा रहेको मालिकार्जुन माध्यमिक विद्यालय धाप लगायत विभिन्न विद्यालयहरुमा कार्यक्रम सञ्चालन गरेको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?