दार्चुलाका पाँच स्थानीय तहमा १० शैय्याका अस्पताल शिलान्यास (फोटोफिचर)

दार्चुला । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सोमबार दार्चुलाका पाँच स्थानीय तहमा १० शैयाको अस्पतालको शिलान्यास गरिएको छ ।

नेपाल सरकारले प्रत्येक स्थानीय तहमा अस्पताल निर्माण गर्ने कार्यक्रम अन्तरगत दार्चुलाको लेकम, मालिकार्जुन, नौगाड, दुहुँ र अपिहिमाल गाउँपालिकामा १० शैय्याको अस्पताल निर्माणको लागि शिलन्यास गरिएको हो ।

सरकारले अस्पताल नभएका दार्चुलाका पाँच वटै स्थानीय तहमा १० शैय्याका अस्पताल निर्माण गर्न यस अघि नै ८५ लाखका दरले बजेट पठाईसकेको छ । जिल्लाको लेकम गाउँपालिकाको रिठाचौपाता स्वास्थ्य चौकीमा अस्पताल निर्माणको लागी विहान ११ बजे भवनको शिलान्यास गरिएको छ ।

No description available.

लेकम गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीले आज गाउँपालिको वडा नम्बर ५ मा रहेको रिठाचौपाता स्वास्थ्य चौकीमा अस्पताल निर्माणको लागी भवनको शिलान्यास गर्नुभएको हो । लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशीको अध्यक्षतामा आयोजित अस्पताल शिलान्यास कार्यक्रममा लेकम गाउँपालिका उपाध्यक्ष माधबी जोशी, प्रमुख प्रशासकिय अधिकृत बिर बहादुर ऐरी, वडा नम्बर १ का वडाअध्यक्ष दौलतसिह साउँद, वडा नम्बर २ का वडाअध्यक्ष भवान सिह धामी, वडा नम्बर ४ का वडाअध्यक्ष महेन्द्रराज जोशी, वडा नम्बर ५ का वडाअध्यक्ष दिपेन्द्रसिह बोहरा, बडा नम्बर ६ का वडाअध्यक्ष कमलापती मिश्र, लेकम गाउँपालिका स्वास्थ्य शाखा संयोजक हरिदत्त जोशी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, शिक्षक, सुरक्षाकर्मी र सञ्चारकर्मी लगायत विभिन्न क्षेत्रका प्रमुख र प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

No description available.

कार्यक्रममा शुभकामना मन्तब्य राख्ने बक्ताहरुले अस्पताल निर्माण र सञ्चालनको शुभकामना व्यक्त गरेको रिठाचौपाता स्वास्थ्यचौकी ईन्चार्ज अम्बादत्त जोशीले जानकारी दिनुभयो । लेकम गाउँपालिकाका प्रबक्ता महेन्द्रराज जोशीले लेकम गाउँपालिकाले सम्पूर्ण क्षेत्रको समानुपातिक विकास गरिरहेको बताउनुभयो । लाली क्षेत्रलाई अद्यौगिक क्षेत्र, खरकडा, रातामाटा क्षेत्रलाई प्रशासनिक र रिठाचौपाता क्षेत्रलाई शिक्षा र स्वास्थ्यको क्षेत्रमा प्राथमिकतामा राखेर विकास निर्माणको काम भइरहेको उहाँको भनाई छ ।

No description available.

लेकम गाउँपालिका उपाध्यक्ष माधबी जोशीले गाउँपालिकामा अस्पताल निर्माण सम्पन्न भइसकेपछि उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने विस्वास व्यक्त गर्नुभयो ।

लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशीले सडक, विद्युत लगायत पूर्वाधारको विकास संगै शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा समेत लेकम गाउँपालिकाले फड्को मारिरहेको धारणा राख्नुभयो । केहि दिनभित्रै रातामाटामा ५ शैय्याको कोभिड १९ अस्थाई अस्पताल सञ्चालनमा आउने र दुई वर्षभित्र रिठाचौपातामा १० शैय्याको चिकित्सकिय अस्पताल निर्माण सम्पन्न भइसक्ने बताउनुभयो ।

No description available.
यसैगरी नौगाड गाउँपालिका वडा नम्बर ३ जामिरमा अस्पताल भवनको शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले भवन निर्माण हुने स्थलमा जमिनको पूजापाठ गरेर शिलान्यास गर्नुभएको हो । १० शैयाको अस्पताल भवन निर्माणको लागि सरकारले बजेट विनियोजन गरिसकेको छ । दुई वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने गरी भवन निर्माणको शिलान्यास गरिएको गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले बताउनुभयो । भवन निर्माणका लागि स्थानीयले १० रोपनी जमिन दान गरेका थिए ।

No description available.

यस्तै अपिहिमाल गाउँपालिका ४ खण्डेश्वरीमा पनि १० शैयाको अस्पतालको शिलान्यास गरिएको छ । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने सरकारको उद्देश्यअनुसार सोमबार गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले अस्पताल भवनको शिलान्यास गर्नुभएको हो । भवन निर्माणस्थलमा पूजापाठ गरेर नवनिर्माण हुने अस्पतालको भवन शिलान्यास गरिएको गाउँपालिका अध्यक्ष मन्यालले बताउनुभयो ।

यस्तै दुँहु गाउँपालिकाले पनि अस्पताल निर्माणको लागी भवन शिलन्यास गरेको जनाएको छ । गाउँपालिकाको वडा नम्बर ४ को धारी स्वास्थ्य चौकीको भवन स्तरोन्न्ती गरि अस्पताल निर्माण गरिने गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले बताउनुभयो । अस्पताल निर्माणको शिलन्यास जिल्ला समन्वय समिती प्रमुख करबिर बहादुर कार्की, गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्की, उपाध्यक्ष इश्वरी जोशी र वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल कार्कीले संयुक्त रुपमा गर्नुभएको थियो । शिलन्यास कार्यक्रममा अस्पताल निर्माणको लागी जग्गा दान गर्ने १६ जनालाई सम्मान पत्र सहित सम्मान गरिएको गाउँपालिका पुलेन्द्र बहादुर कार्कीले बताउनुभयो ।

 

यस्तै मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ८ मा रहेको शंकरपुर स्वास्थ्य चौकी पस्तीमा अस्पताल निमार्णको लागी भवन शिलन्यास गरिएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामीले अस्पतालको शिलन्यास गर्नुभएको हो । स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार अस्पताल भवन निर्माणाको काम आगामी दुई बर्ष भित्र सक्नुपर्ने छ ।

जिल्लाको महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकामा यस अघि नै अस्पताल सञ्चालनमा छन, भने मार्मा र ब्याँस गाउँपालिकामा अस्पताल निर्माणको क्रममा रहेका छन । स्थानीयस्तरमा निर्माण शुरु भएका अस्पतालले नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच बढ्दै जाने र स्वास्थ्य सेवा सुदृढिकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

स्थानीय स्तरमै अस्पताल निर्माण हुने भए पछि स्थानीयहरु खुसी भएका छन । आज देशभर ३९७ अस्पतालको शिलान्यास गर्ने तयारी भएपनि ३०९ अस्पतालमा शिलान्यास कार्य सम्पन्न भइसकेको छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?