विज्ञ टोली भन्छ, नेपालमा ३९ लाखलाई कोरोना संक्रमण

नेपालमा दुई महिना अघि नै ३९ लाखजनामा कोरोना संक्रमण भएको दाबी गरिएको छ ।

स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठन सम्मिलित एक विज्ञ टोलीले गरेको सर्वेक्षणले देशभर ३९ लाखजना कोरोना संक्रमित भइसकेको देखाएको हो । विज्ञ टोलीले देशको कुल जनसंख्याको कति प्रतिशत नागरिक कोरोना संक्रमित भए भन्ने जानकारी हासिल गर्न सर्वेक्षण गरिएको थियो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धानकर्ता डा. मेघनाथ धिमालसहित डा. जनक कोइराला, डा. गुणराज लोहनी, डा. सुरेश तिवारी र विश्व स्वास्थ्य संगठनका विज्ञहरू सम्मिलित विज्ञ टोलीले गत सेप्टेम्वर अन्तिम साता गरेको उक्त सर्वेक्षणको प्रतिवेदन स्वास्थ्य मन्त्रालयमा बुझाइसकिएको छ । तर मन्त्रालयले यसलाई अझै गोप्य राखेको छ ।

सर्वेक्षणमा रगतको माध्यमबाट एन्टिबडी अध्ययन गरिएको थियो । त्यसयता संक्रमण थप फैलिएकाले यो संख्या अझै बढेको सरकारी अधिकारीहरूले अनुमान गरेका छन् । हिमाल, पहाड, तराई तीनैक्षेत्रको प्रतिनिधित्व हुने गरी गरिएको भनिएको सर्वेक्षणमा मनाङ र मुस्ताङबाहेक ७५ जिल्लाबाट ६ हजार पाँच सयजनाको नमुना संकलन गरिएको थियो ।

सर्वेक्षणमा ६ महिनादेखि बढी उमेर समूहकाहरुलाई सहभागी गराइएको थियो । सहभागीबाट लिइएको रगतको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो । प्रयोगशालाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा आफ्नो रिपोर्ट बुझाइसकेको छ ।

केही दिनभित्रै मन्त्रालयले रिपोर्ट सार्वजनिक गर्ने महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले बताउनुभयो । मन्त्रालयले सार्वजनिक नगरुन्जेल रिपोर्ट उपलब्ध गराउन नमिल्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?