दार्चुलामा थप सात जनामा कोरोना पुष्टि, संक्रमितको संख्या तीन सय पुग्यो

दार्चुला । दार्चुलामा शुक्रबार थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर ५ मा निर्माणाधीन मकरिगाड हाइड्रोपावरमा कार्यरत पाँच जना पुरुष र जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत दुई जना प्रहरी गरी थप ७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यहि मंसिर १७ गते मकरिगाड हाइड्रोपावरमा कार्यरत ४० जना र जिल्ला प्रहरी कार्यालयका नौँ जना गरी ४९ जनाको स्वाब परीक्षणका लागि डडेल्धुरा पठाइएकोमा शुक्रबार सात जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

शुक्रबार नौँ जनामा संक्रमण पुष्टि भएसंगै दार्चुलामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या तीन सय पुगेको छ । संक्रमण पुष्टि भएका दुई सय ६२ जनाले कोरोना जितिसकेका छन् । जिल्लाभरी ३८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

दार्चुलाका दुई जना संक्रमितको उपचारका क्रममा जिल्लाबाहिर र एक जनाको अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?