दार्चुला । दार्चुलामा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा आठ सय चार जना महिला संस्थागत सुत्केरी भएका छन् ।

चालु आर्थिक बर्ष २०७७÷०७८ को पहिलो चामासिक अवधिमा जिल्लाभरिका विभिन्न एक सय ३२ स्वास्थ्य संस्था बाट आठ सय चार महिलाले सुरक्षित सस्थागत सुत्केरी सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।

जिल्लामा हाल ८६ स्वास्थ्य संस्था र ४६ ओटा प्रसुती गृह बाट सुरक्षित प्रसुती सेवा सञ्चालनमा रहेको कार्कीले बताउनुभयो ।

कोरोना भाईरसको संक्रमणको त्रासको कारण चालु आर्थिक वर्षको सुरुमा स्वास्थ्य संस्थामा प्रसुती गराउन आउने महिलाको संख्यामा कमी आएको देखिए पनि पछिल्लो समय विगत वर्षको तुलनामा स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलाको संख्याा बृद्धि भएको कार्कीले बताउनुभयो ।

चालु आर्थिक वर्षको हालसम्म एक हजार चार सय ८७ जना महिलाले गर्ववती चेक जाँच सेवा लिएको स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङक छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?