दार्चुला । जिल्ला अस्पताल दार्चुलामा ५० शैय्याको भवन निर्माण गर्न प्राविधिक टोलीले नक्साङ्कनको काम शुरु गरेको छ । महाकाली नगरपालिकाको वडा नम्बर ५ गल्फैको जिल्ला अस्पताल क्षेत्रमै ५० शैय्याको भवन निर्माण गर्न अध्ययन तथा प्राविधिक ईष्टमेट बनाउने काम शुरु भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दलजित सिंह धामीले जानकारी दिनुभयो ।

जिल्ला अस्पताल दार्चुलामा ५० शैय्याको अस्पताल संरचना निर्माणको लागि इस्टिमेट गर्न काठमाडौ बालाजु बनस्थलीमा रहेको ईक्याच कन्सल्टेन्सीबाट ईन्जिनियर बिमल गाइजुको नेतृत्वमा दुई सदस्यीय टोली शुक्रबार दार्चुला सदरमुकाम खलंगा आइपुगेको छ ।

उक्त टोलीले नक्साङ्कनको काम दुई दिन भित्रमा सम्पन्न गरि कन्सल्टेन्सी कार्यालयमा बुझाए पछि एक महिना भित्र सम्पुर्ण डिजाइन र लागत इस्टिमेटको काम सम्पन्न गरि स्वीकृतीको लागि भवन बिभागमा पठाइने छ । विभागबाट स्वीकृति प्राप्त भएपश्चात सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय डोटीबाट टेन्डर प्रकृया शुरु हुने अध्यक्ष धामीले बताउनुभयो ।

चालु आर्थिक वर्ष २०७७र०७८ भित्र ठेक्का सम्झौता प्रकृया समेत सम्पन्न हुने उहाँको भनाई छ । एक हप्ता पहिले बसेको अस्पताल ब्यवस्थापन समितिको बैठकले महाकाली नगरपालिकाको वडा नम्बर ५ गल्फैको अस्पताल क्षेत्रमा ५० शैय्याको भवन निर्माण गर्न अध्ययन तथा प्राविधिक तयारी गर्ने निर्णय गरेको थियो ।

 

छविमा समावेश हुनसक्ने: २ जना मानिसहरू, Daljeet Singh Dhami सहित, उभिएका मानिसहरू तथा बाहिरी

छविमा समावेश हुनसक्ने: एक वा थप मानिसहरू, उभिएका मानिसहरू, जुत्ता, बाहिरी तथा प्रकृति

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?