नेपालमा पछिल्लो २४ घण्टामा सात सय १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप सात सय १० जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमण हुनेको संखया दुई लाख ५३ हजार एक सय ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा एक हजार एक सय ७५ जना कोरोना संक्रमितम निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या दुई लाख ४२ हजार पाँच सय ६७ पुगेको मन्त्रालयले जनाएको छ ।
आज देशभर कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार सात सय ७७ पुगेको छ । आज देशभर सक्रिय संक्रमितको संख्या आठ हजार आठ सय ४० छ ।





प्रतिक्रिया