दार्चुला । नेपाल सरकारका संघीय मालिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले देशमा कुसल प्रशासन स्थापनादेखि अतिक्रमित भूमि फिर्ता गर्ने र दार्चुलाको समग्र क्षेत्रको विकासमा क्रियाशिल रहने बताउनुभएको छ ।
मन्त्रालयको कार्यभार ग्रहण गरेपछि रेडियो लोकदर्पण ९४.६ मेगाहर्ज संगको कुराकानीका क्रममा मन्त्री ठगुन्नाले राजनीतिक परिस्थिति अलिकति जटिल अवस्थामा रहेको बेला मलाइ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायलको जिम्मेवारी प्राप्त भएको यस चुनौतीपुर्ण घडीमा पनि देश र जनताको लागि देखिने गरेर काम गर्ने धारणा राख्नुभयो । मन्त्रालयको जिम्मेवारीका हिसाबले खास गरेर संघीयता कार्यान्वयनको सवालमा र सामान्य प्रशासन अन्तरगत कर्मचारी समायोजनदेखि जनताले पाउने सेवा सुविधा चुस्त दु्रुस्त पार्ने कुरामा म मेरो कार्यकाल अवधिभित्र देश र जनताको लागि देखिने गरेर काम गर्ने छु भन्ने आत्मविस्वासका साथ अगाडी बढिरहेकोछु, मन्त्री ठगुन्नाले भन्नुभयो । प्रधानमन्त्री केपी सर्मा ओलीको सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्ने अभियानमा हिजो सासंदको रुपमा योगदान गरेको स्मरण गर्दै उहाँले राष्ट्रियता र विकासको सवालमा अहिले मन्त्रीको रुपमा थप काम गर्ने सक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कतिपय चुनाबी प्रतिबद्धताहरु पुरा नभएको प्रश्नमा मन्त्री ठगुन्नाले प्रतिबद्धता अनुरुप धेरै कामहरु भएको र धेरै कामहरु कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । लेकमको कुणी, कुसकाडा क्षेत्रमा पाँच हजार बढी जनतालाई खानेपानी सुविधा पुर्याउने उद्धेश्यले आयोजना निर्माणको प्रकृयामा रहेको, बहुवर्षिय ठेक्कामार्फत गोकुलेश्वर विमानस्थल निमार्णको लागि फाइल राष्ट्रिय योजना आयोग पुगेको र छिटै काम शुरु गर्ने तयारी भइरहेको, विभिन्न अन्तर जिल्ला र अन्तरपालिका जोड्ने सडकहरुमा बहुवर्षिय ठेक्का भएर काम अगाडी बढिरहेको, अपिहिमालको पाथा देखि विकट गाउँ ठाउँमा सञ्चार सुविधा विस्तार भइरहेको, ग्रामिण विद्युतिकरणका लागि सुदूरपश्चिमकै बढी बजेट दार्चुलामा परेको र मन्त्रीपरिषदमा आफ्नो सहभागिताले यो वर्ष बजेट बृद्धि गरेर सबै दार्चुलावासी जनताको घरदैलोमा विद्युत पुर्याउने लक्ष्यका साथ काम भइरहेको लगायत कुरालाई उल्लेख गर्दै आफ्नो राजनीतिक अभियानमा जनताको माझमा बोलेका सबै कुराहरु अगाडी बढिरहेको दाबी गर्नुभयो । राष्ट्रियताको सवालमा सीमा फिर्ता गर्न ठोस पहल गर्नेदेखि आफ्नो कार्यकालमा दार्चुलावासी जनताले निर्णायक विकासको अनुभुति गर्नेछन भन्ने विश्वसका साथ देश र जनताको पक्षमा काम गर्ने मन्त्री ठगुन्नाको भनाई छ ।
राजनीतिक बजारमा प्रतिकुल परिस्थितिमा मन्त्रीको जिम्मेवारी प्राप्त गरेको र कार्यकाल समेत धेरै लामो नहुने अनुमान भइरहेको बेला कसरी काम गर्नसक्नुहुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, प्रतिकुल अवस्थामा गर्न सके न काम हुन्छ, अनुकुल अवस्थामा जसले पनि काम गर्छ । त्यसैले जनताको बिचमा बाचा गरेको र गत निर्वाचनमा घोषणा गरेका प्रतिबद्धताहरु इमानदारीतापुर्वक कार्यान्वयन तथा लागु गर्न चुनौती, बाधा, अवरोधलाई चिरेर विकासको दिशामा अगाडी बढने मन्त्री ठगुन्नाको भनाई छ । छोटो समय भएपनि धेरै काम गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । काम गर्नको लागि धेरै समय चाहिदैन, उहाँले प्रतिप्रश्न गर्दै भन्नुभयो, समयले मात्रै विकास हुने भए, अहिलेसम्म किन कामहरु अगाडी बढेनन । सीमा फिर्ताको ठोस पहल विगतमा किन हुन सकेन ? एक महिना कार्यकाल भएपनि देखिने गरेर काम गर्ने उहाँको भनाई छ ।
मन्त्रालय अन्तरगतको काममा कर्मचारी समायोजन लगायतका स्थानीय प्रशासनसंग सम्बन्धित समस्या सामाधानका लागि क्रियाशिल रहने मन्त्री ठगुन्नाको भनाई छ । तीनै तहको सरकारबिचको समन्वय कायमै गर्दै कर्मचारीहरुले भोग्नु परेका समस्या सामाधान गरेर देशमा कुसल प्रशासन स्थापना गर्ने आफ्नो योजना रहेको उहाँले बताउनुभयो ।





प्रतिक्रिया