दार्चुला । दार्चुलाका तीन ओटा स्थानीय तहमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन हुने भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा चालु आर्थिक बर्षमा जिल्लाका दुहुँ गाउँपालिका, नौगाड गाउँपालिका र मार्मा गाउँपालिकामा एक एक विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन  हुने भएको हो ।
तीन वटा स्थानीय तहका एक एक विद्यालयमा पहिलो चरणमा कार्यक्रम लागू हुने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

अहिले एक विद्यालय एक नर्स कार्यक्रमको लागि आवश्यक जनशक्ति व्यवस्थापनको काम भइरहेको छ । कार्यक्रम सञ्चालन हुने सम्बन्धित पालिकाले एक विद्यालय छनौट गर्नेछ । भने, जनशक्ति स्वास्थ्य कार्यालयले ब्यवस्थापन गर्नै छ ।

एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत विद्यालयमा विद्यार्थीहरुलाई स्वस्थ जीवनशैलीका विभिन्न बिषयमा जानकारी दिइने बताइएको छ । छनौट भएका विद्यालयमा एक / एक जना स्टाफ नर्स खटाइने स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनुभयो ।

कार्यक्रम सञ्चालन भएका पालिकाका विद्यालयहरुमा स्टाफ नर्सले स्वास्थ्य शिक्षा सम्बन्धि सचेतनामूलक कक्षा सञ्चालन गर्नुका साथै विद्यार्थीहरुको नियमित स्वास्थ्य परीक्षण समेत गर्ने बताइएको छ ।

चालु आर्थिक बर्षबाट शुरु हुन लागेको यो कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने बताईएको छ । विद्यालयमा सञ्चालन हुने कक्षामा सरसफाई, कोभीड १९ बाट बच्ने तरीका महिनावारी सरसफाई लगायत स्वास्थ्य सम्बन्धि विभिन्न बिषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?