सुदूरपश्चिमको ३ प्रतिशत जनसंख्यालाई कोरोना विरुद्धको खोप लगाइने

दार्चुला । सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले भारतले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको खोप भण्डारणका लागि बिहीबार खोप सामाग्री भण्डारण कक्षलाई खाली गरेर तयारी अवस्थामा राखेको छ।

संघीय सरकारको निर्देशनबमोजिम भण्डारण कक्षको व्यवस्थापन गरिएको स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र धनगढीका निमित्त प्रमुख पदमबहादुर बिष्टले जानकारी दिनुभयो ।
संघीय सरकारले भारतबाट अनुमदानमा प्राप्त के–कति खोप सुदूरपश्चिमका लागि पठाउँछ ? त्यो यकिन भइनसकेपनि पहिलो चरणमा करिब १ लाख भ्याक्सिन पठाउने अनुमान गर्दै सोही अनुसार भण्डारणको व्यवस्था मिलाइएको हो।

‘भारतबाट अनुदानमा प्राप्त मध्ये एक लाख भन्दा बढि भ्याक्सिन हाम्रो प्रदेशका लागि आउँछ भन्ने अनुमान रहेको छ,’ आपुर्ति व्यवस्थापन केन्द्रका निमित्त प्रमुख बिष्टले भन्नुभयो, ‘हामीसँग अहिले तीनवटा वाकिङ कुलर छन्। ती मध्ये एउटालाई पूरै खाली गरेर कोभिड विरुद्धको भ्याक्सिन भण्डारण गर्ने व्यवस्था मिलाएका छौँ।’

स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रसँग २ देखि ८ डिग्री सेल्सीयस तापक्रममा खोप भण्डारण गर्न सक्ने व्यवस्था छ। भारतबाट प्राप्त भएको खोप उक्त तापक्रममा राख्न मिल्ने भएकाले पनि सहज भएको छ।

आपुर्ति व्यवस्थापन केन्द्रसँग कुल १६ लाख खोपका भ्याक्सिन भण्डारण गर्ने क्षमता रहेकोमा यही तापक्रममा सुरक्षित राख्न मिल्ने खोप प्राप्त भए झण्डै ५ लाख भ्याक्सिन भण्डारण गर्न सकिने आपुर्ति व्यवस्थापन केन्द्रले जनाएको छ।

आपुर्ति व्यवस्थापन केन्द्र कोरोना भाइरस विरुद्धको खोप भण्डारणमा जुटेका बेला प्रदेश स्वास्थ्य निर्देशनालयले संघीय सरकारकै निर्देशन बमोजिम प्राथमिकताक्रममा परेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी समेतको तथ्यांक संकलन गरेको छ।

स्वास्थ्य निर्देशनालय दिपायलका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले प्रदेशका ९ वटै जिल्लाबाट अग्रपंक्तिमा खटिने १४ हजार ६ सय ६६ स्वास्थ्यकर्मी सहित झण्डै २६ हजार ७ सय जनाको तथ्यांक संकलन भएको बताउनुभयो ।

संघीय सरकारले पहिलो चरणमा कुल जनसंख्याको ३ प्रतिशतलाई पुग्नेगरी कोरोना भाइरस विरुद्धको खोप सुदूरपश्चिमका लागि पठाउने अनुमान गरिएको छ। यद्यपी त्यो संख्या नै अन्तिम भने नभएको अधिकारीहरुले बताएका छन।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?