दार्चुलाका जोहारीलाई ‘एसिया इन्भारोमेन्टल इन्फोर्समेन्ट अवार्ड’

दार्चुला । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत दार्चुला घर भएका एक सिआईबीका प्रहरी नायब निरीक्षक वीरेन्द्रसिंह जोहारीले राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी) को ‘एसिया इन्भारोमेन्टल इन्फोर्समेन्ट अवार्ड’ प्राप्त गरेका छन् ।

बुधबार थाइल्यान्डको बैंककमा विशेष कार्यक्रम गरी यूएनईपीले जोहारीसहित सिआइबीकै प्रहरी निरीक्षक सुदर्शन पन्थीलाई पनि सो अवार्ड दिएको हो ।

सो अवार्ड नेपालका दुई जनासहित भारत, मलेसिया, इन्डोनेसिया, र फिलिपिन्सका अधिकारीले पाएका छन् ।

दार्चुलाको व्यास गाउँपालिका २ घर भएका जोहारीले यसअघि अब्राहम कन्जर्भेसन अवार्ड २०१५ पाएका थिए भने सीआईबीको पिल्लर ४ ले क्लार्क भविन अवार्ड २०१७ र एसिया इन्भारोमेन्टल इन्फोर्समेन्ट अवार्ड २०१८ पाएको थियो ।

वर्षौं लामो अनुसन्धानबाट कुख्यात वन्यजन्तु तस्कर कुन्जोक छिरिङ तामाङलाई पक्राउ गरेकोमा उनीहरूलाई उक्त अवार्ड प्रदान गरिएको यूएनईपीले जनाएको छ ।

२०६२ सालमा रसुवामा बाघ र चितुवा तथा अन्य संरक्षित वन्यजन्तुका छाला र हड्डीसहित पाँच जना पक्राउ परेको घटनाका नाइके तामाङ त्यसबखत भाग्न सफल भएका थिए। उनलाई गत असारमा सीआईबीले काठमाडौंबाट पक्राउ गरेको थियो।

यूएनईपीले आफ्नो क्षेत्रमा वातावरणीय अपराधसँग जुध्न उत्कृष्ट काम गर्ने सरकारी कर्मचारी तथा संस्थाहरूलाई यो अवार्ड प्रदान गर्छ।

May be an image of 1 व्यक्ति

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?