खुसी, सदभाव र रंगको पर्व होली हर्षोल्लासपूर्वक मनाइँदै

दार्चुला । खुसी, सदभावना र रंगको पर्व होली, आज दार्चुलासहित सुदूरपश्चिममा उल्लाहसपूर्वक मनाइँदैछ। फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने भोलि (सोमबार) मनाइनेछ । आफन्त, साथीभाइ मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो।

सुदूर पहाडमा सामूहिक रूपमा होली खेल्ने गरिन्छ। फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलोमात्र गरिँदैन, नाचगान पनि गरिन्छ। बूढापाका, युवा र बालबालिका पनि हौसिएर नाचगानमा भाग लिन्छन्। होलीमा परम्परागत बाजा बजाउने अनि समूहमा आबद्ध भई नाच्ने पुरानो परम्परा हो। गाउँमा अहिले पनि फागु खेल्ने चलन छ। हिन्दू धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन्।

रङ लगाउँदा भागदौड भएछ। यो गतिविधि सबैले रमाइलो मान्न थालेर होलीपर्व मनाउन थालिएको किंवदन्ती छ। अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ। सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होलीपर्व मनाइने गरिएको मानिन्छ। होली खेल्दा न जात हेरिन्छ, न धनी–गरिब। सद्भावको प्रतिविम्ब यो पर्व सभ्य र भव्य छ। होलीपर्व सभ्य र व्यवस्थित बनाउन सुरक्षा संयन्त्रलाई बलियो बनाइएको छ।

अनुमतिबिना कसैलाई पनि रङ लगाउन नपाइने, लोला हान्न नहुने, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउन नपाइने भन्दै यसअघि नै जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरले सूचना जारी गरिसकेका छन्। यदि कसैले नियमविपरीत गरेमा तत्काल कारबाही गरिने प्रहरीले जनाएको छ।

लोकदर्पण मिडिया परिवारको तर्फबाट सबै पाठक, दर्शकश्रोतालाई होलि पर्वको हार्दिक शुभकामना छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?