शैल्यशिखर-८को बोहरीगाउँ स्वास्थ्य चौकीमा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सम्बन्धी अभिमुखिकरण

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ८ मा रहेको बोहरीगाउँ स्वास्थ्य चौकीमा किशोर किशोरी मैत्री स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

स्वास्थ्य चौकीलाई आगामी आर्थिक बर्ष भित्र किशोर किशोरी मैत्री स्वास्थ्य संस्थाको रुपमा सञ्चालन गर्ने तयारी स्वरुप स्वास्थ्य चौकीमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख, जनस्वास्थ्यअधिकृत शिवदत्त जोशीले जानकारी दिनुभयो ।

किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका, २०७९ अनुसार स्वास्थ्य चौकीलाई किशोर किशारीमै स्वास्थ्य संस्था घोषणा गर्न कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

निर्देशिकामा रहेका सुचकहरु पुरा गरेको खण्डमा स्वास्थ्य चौकीलाई एक बर्ष भित्रै किशोर किशारी मैत्री स्वास्थ्य संस्था घोषणा गरिने उहाँले जानकारी दिनुभयो । किशोर किशोरीलाई यौन तथा प्रजन्न स्वास्थ्य सेवा प्रदान गर्न किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गर्ने गरिएको छ।

किशोर किशोरी मैत्री स्वास्थ्य संस्थामा किशोर किशोरीहरुलाई छुट्टै उपचार कक्षको व्यवस्था, यौन तथा प्रजन्न स्वास्थ्य सेवा लगायतका विभिन्न सुचकहरु रहेको उहाँले बताउनुभयो ।

यस अघि नगरपालिकाका वडा नम्बर १ मा रहेको शिखर स्वास्थ्य चौकी र वडा नम्मबर २ मा रहेको देथला स्वास्थ्य चौकीलाई किशोर किशोरीमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । आगामी आर्थिक बर्षमा नगरपालिकाको वडा नम्बर ६ मा रहेको ग्वानी स्वास्थ्य चौकी र वडा नम्बर ८ को बोहरीगाउँ स्वास्थ्य चौकीलाई घोषणा गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।

किशोर किशोरीमैत्री स्वाथ्य संस्था घोषणा हुन स्वास्थ्य चौकीहरुले किशोर किशोरी स्वास्थ्य निर्देशिकाले तोके बमोजिमको १०० वटा सुचक मध्ये कम्तीमा ८० वटा सुचक पुरा गर्नु पर्ने नगरपालिकाको स्वास्थ्य शाखाका नर्सिङ संयोजक मिना सापकोटाले बताउनुभयो ।

नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनमा सञ्चालन भएको कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष केशव दत्त जोशीको अध्यक्षता रहेको थियो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष जोशीले स्वाथ्य चौकीलाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गर्न आवश्यक पर्ने मापडण्डहरु पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको स्वास्थ्य चौकी प्रमुख कृष्नानन्द पन्तले बताउनुभयो ।

कार्यक्रमको सहजीकरण नगरपालिकाका जन स्वास्थ्य निरिक्षक चक्र सिंह कार्कीले गर्नुभएको थियो भने कार्यक्रममा स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदाधिकारी, विद्यालयका शिक्षक वडा नम्बर ७ र ८ का महिला स्वास्थ्य स्वयम सेविका, किशोर किशोरीहरुको सहभागिता रहेको स्वास्थ्य चौकी प्रमुख पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?