इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गरेको छ ।

जयपुरमा हिजो लखनउले दिएको २२१ रनको लक्ष्य राजस्थानले १९ ओभर १ बलमा ३ विकेट गुमाउँदै २२५ रन बनाएर पूरा गर्‍यो । जितसँगै राजस्थान १४ अङ्कसहित तालिकाको स्थानमा उक्लिएको छ र प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । लखनउ ८ अङ्कसहित तालिकाको पुछारमा छ ।

राजस्थानका लागि वैभव सूर्यवंशीले ९३ रन बनाए । पहिला ब्याटिङ गरेको लखनउले २० ओभरमा ५ विकेट गुमाएर २२० रन बनाएको थियो । लखनउका लागि मिचेल मार्शले ९६ रन तथा जोश इङ्ग्लिसले ६० रन बनाए । राजस्थानका स्पिनर यश राज पुन्जाले २ विकेट लिए ।

आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्स खेल्दैछन् । यो खेल बेलुकी पौने ८ बजे इडन गार्डेनमा हुनेछ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?