दार्चुला । विश्वमा कोरोना सङ्क्रमितमध्ये आधाभन्दा धेरै निको भएका छन् ।

झण्डै ८७ लाख ६५ हजार सङ्क्रमित रहेकोमा ४६ लाख २७ हजार बढी निको भएका हुन् । सङ्क्रिमतमध्ये ४ लाख ६२ हजार ७ सयको ज्यान गएको छ ।

सबैभन्दा धेरै अमेरिकामा झण्डै २३ लाख सङ्क्रिमत भएका छन् भने ९ लाख ५६ हजार निको भएका छन् । अमेरिकामा १ लाख २१ हजारले ज्यान गुमाएका छन् ।

सङ्क्रिमत धेरै हुनेको सूचीमा दोस्रो स्थानमा रहेको ब्राजिलमा १० लाख ३८ हजार रहेका छन् । त्यहाँ ५ लाख २० हजार निको भएका छन् । ब्राजिलमा ४९ हजारको ज्यान गएको छ ।

भारतमा झण्डै ३ लाख ९६ हजार सङ्क्रिमत भएका छन् भने २ लाख १४ हजार निको भएको वल्र्डओमिटरले जनाएको छ । भारतमा १२ हजार ९ सय ७० काे मृत्यु भएकाे छ ।

पछिल्लो विवरण अनुसार भारतमा १२ हजार ९ सय ७० जनाको ज्यान गएको छ ।

यसैविच विश्व स्वास्थ्य संगठनले महामारी खतरनाक चरणमा प्रवेश गरेको जनाएको छ । संगठनका प्रमुख टेड्रोस अधानोम ग्रेबियसले विश्व नयाँ र खतरनाक चरणमा प्रवेश गरेको भन्दै थप सचेत रहन आग्रह गर्नुभएको छ ।

सुदूरपश्चमि प्रदेश नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?