दार्चुला । दार्चुलामा सोमबार थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बैतडी अस्पतालको प्रयोगशालामा दुहुँ गाउँपालिकाका ३७ जनाको स्वाब परीक्षण गर्दा एक जना महिला सहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा दुहुँ गाउँपालिकाका ४७ वर्षीया एक महिला र ४७, २२ र ३१ वर्षीय तीन जना पुरुष रहेका छन् ।

हालसम्म दार्चुलामा तीन हजार एक सय ३४ जनाको स्वाब संकलन गरिएकोमा तीन हजार ४४ जनाको रिर्पोट आइसकेको छ । जिल्लाभरीमा हालसम्म १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । यद्धपी जिल्लाबाट बाहिर रेफर गरिएका र जिल्ला बाहिर बसोबास रहेका संक्रमितहरुको संख्या यसमा जोडिएको छैन् ।

सोमबार महाकाली नगरपालिकाका १४ जना डिस्चार्ज भएसंगै कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ९८ पुगेको छ । अब जिल्लाभित्र ५४ जना संक्रिय संक्रमित रहेका छन् ।

हालसम्म सबैभन्दा बढी महाकाली नगरपालिकामा ८३८ जनाको स्वाब संकलन गरिएकोमा ७२ जनामा कोरोना पुष्टि भएको छ । मार्मा गाउँपालिकाका ५०४ जनाको स्वाब संकलन गरिएकोमा ४१ जनामा कोरोना पुष्टि भएको छ । अपिहिमाल गाउँपालिकामा ६१ जनाको स्वाब संकलन गरिएकोमा कसैमा पनि कोरोना पुष्टि भएको छैन् । नौगाड गाउँपालिकामा २१० जनाको स्वाब संकलन गरीएकोमा हालसम्म कसैमा पनि कोरोना पुष्टि भएको छैन् ।

मालिकार्जुन गाउँपालिकामा ४२४ जनाको स्वाब संकलन गरिएकोमा सात जनामा संक्रमण पुष्टि भएको छ । शैल्यशिखर नगरपालिकामा ४४९ जनाको स्वाब संकलन गरिएकोमा १९ जनामा संक्रमण पुष्टि भएको छ । लेकम गाउँपालिकामा २२९ जनाको स्वाब संकलन गरिएकोमा ४ जनामा संक्रमण पुष्टि भएको छ । दुहुँ गाउँपालिकामा ३०६ जनाको स्वाब संकलन गरिएकोमा सात जनामा संक्रमण पुष्टि भएको छ । व्याँस गाउँपालिकामा ११३ जनाको स्वाब संकलन गरिएकोमा दुई जनामा संक्रमण पुष्टि भएको छ ।

सोमबार महाकाली नगरपालिकाका २५ जना महिला र ४७ पुरुषको गरी ७२ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको छ । सोमबार चार जना संक्रमित थपिएसंगै दार्चुलामा कोरोना सक्रमितको संख्या एक सय ५२ पुगेको छ ।

संक्रमितमध्ये ८ जना आइसोलेसन र ४६ जना होम आइसोलेसनमा रहेका छन् ।

दार्चुला र गोकुलेश्वर अस्पतालमा गरी १७ वटा व्यवस्थित बेड र थप १६६ वटा आइसोलेट बेड रहेका छन् ।

नौगाड र अपि हिमाल गाउँपालिका हालसम्म संक्रमण मुक्त रहेको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाइरस फोकल पर्शन बिरेन्द्रराज भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?