दार्चुला । सुदूरपश्चिम पर्यटन, व्यापार मेला तथा दार्चुला महोत्सव २०८१ उद्धघाटन भएको छ ।
उद्योग बाणिज्य संघ दार्चुलाका अध्यक्ष शुरेश सिंह थापाको अध्यक्षता एंव नेकपा एमालेका पोलिटब्युरो सदस्य, पूर्वमन्त्री गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा दार्चुला महोत्सव २०८१ को उद्धघाटन गरिएको हो ।
महोत्सव उद्धघाटन समारोहमा स्थानीय तहका जनप्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी यज्ञ राज जोशी, जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुखहरु, संघ सस्थाका प्रमुखहरु लगायत सरोकारवालाहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।
“अपिनाम्पा मालिकार्जुन चौलानी र महाकाली दार्चुलाको शान,स्थानीय उत्पादन कला संस्कृति संरक्षण र प्रबद्र्धनमा हाम्रो अभियान” भन्ने मुल नारासहित उद्धघाटन गरिएको महोत्सवमा राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरु सहभागी हुने छन । चैत्र १६ गते (भोली) चर्चित गायक टेक विसीको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
त्यस्तै १७ गते सुनिल नेपाली, १८ गते इब्सल सन्ज्याल,१९ गते चर्चित लोक तथा दोहोरी गायत बद्री पंगेनी,२० गते कमल वि.सी २१ गते लाल बहादुर धामी, २२ गते रेखा जोशी, २३ गते ज्योती मगर २४ गते एलिना चौहान र २५ गते चक्र बमको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
कार्यक्रमको उद्धघोषण गायक तथा उद्धघोषक कृष्ण धामीले गर्नुभएको छ ।
जिल्लाका पर्यटकीय तथा धार्मिक स्थलहरु नै पर्यटकहरु लोभ्याउने मुख्य आकर्षक भएकाले जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको उद्योग बाणिज्य संघ दार्चुलाका अध्यक्ष शुरेश सिंह थापाले जानकारी दिनुभएको छ ।
महोत्सवमा १ सय भन्दा बढि स्टल राखिएका छन् । त्यस्तै महोत्सवको मुख्य आकर्षणका रुपमा महोत्सवको पूर्वसन्ध्यामा दार्चुला जिल्लाको विविधता झल्किने सांस्कृतिक झाँकी, व्याँसी सौका समुदायको विशिष्ट पहिरन सांस्कृतिक र भेषभुषा प्रर्दशनी, दुँहु, मार्मा, लेकम र ब्याँस क्षेत्रको रहन सहनसहितका खानाका परिकारहरुको बिक्रि तथा प्रर्दशनी भइरहेको छ । त्यस्तै प्रतेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुती, बाल उद्यान लगायत मेलाका कार्यक्रमहरु सञ्चालन हुने छन ।
स्थानीय कृषि पेशा व्यवसाय र सेवा प्रदायकहरुका वस्तु तथा सेवा शुल्क उपभोग प्रचार प्रसारसहित प्रर्दशन गरिने, दार्चुलाका ऐतिहासिक, पौराणिक,धार्मीक सांस्कृतिक सम्पदाहरुको पहिचान र जानकारी लिन मिल्ने गरि तयारी गरिएको आयोजक उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष थापाले बताउनुभयो ।




