दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी शैल्यशिखर-६ का वडा सभापति मोहन सिंह धामीले रास्वपा परित्याग गरि एमाले प्रवेश गरेका छन् ।
एमालेको तर्फबाट उम्मेदवार बनेका पूर्वमन्त्री गणेश सिंह ठगुन्ना नेतृत्वको मुख्य प्रचारप्रसार टोलीले शुक्रबार शैल्यशिखर ६ र ७ मा मतदाता भेटघाट तथा प्रचारप्रसार कार्यक्रम गरेको थियो। सोही क्रममा एमालेको नीति तथा नेतृत्व मन पराएर रास्वपाका वडा सभापति धामीले एमाले प्रवेश गरेको टोलीमा सहभागी दौलत सिंह ठगुन्नाले जानकारी दिनुभयो ।
पार्टी प्रवेश गरेका धामीलाई एमालेको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार बन्नुभएका ठगुन्नाले टिका लगाएर पार्टीमा स्वागत गर्नुभएको उहाँले बताउनुभयो ।
धामी गत पुसमा भएको रास्वपाको वडा अधिवेशनबाट वडा सभापतिमा चयन हुनुभएको थियो ।
पक्षमा जनलहर थपिदै गएको भन्दै नेता, कार्यकर्ता उत्साहित बन्दै गाउँघरको मतदाता भेटघाट तथा प्रचार अभियानमा खटिएका छन् ।
पूर्वमन्त्री तथा एमाले सुदूरपश्चिम प्रदेशका संयोजक समेत रहेका ठगुन्नाले विगतमा सुरु गरेका महत्तपूर्ण योजना सम्पन्न गर्दै जिल्लाको समग्र क्षेत्रको विकासका लागि अझै धेरै काम गर्न आफुले जनताको मत मागिरहेको बताउनुभयो ।





प्रतिक्रिया