दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ३ कर्कलेमा चमेलिया नदी माथि रहेकोे बेली ब्रिज भाँसिएको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिका—३ र बैतडीको डिलाशैनी गाउँपालिका—३ जोड्ने चमेलिया नदीमा रहेको कर्कले पुलको दार्चुलातर्फको मुख्य पिल्लर भएको क्षेत्रमा जमिन भाँसिएको हो । मुख्य पिल्लर भएको ठाउँ भाँसिएपछि दुर्घटनाको जोखिम बढेको छ ।
कर्कले पुलमा गोकुलेश्वरबाट पंसेरा, बलाँच, सिमार, गन्ना, बिटुले, मार्मा हुँदै अपिहिमाल गाउँपालिकाको मकरिगाडसम्म आवतजावत गर्ने दर्जनौं सवारीसाधन चल्दै आएका छन् । पुल जोखिममा रहेकोले यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
सम्भावित दुर्घटनाको जोखिमलाई ध्यान दिएर दार्चुला र बैतडीलाई जोड्ने जोखिम पुर्ण कर्लले पुलको तत्काल मर्मत गर्नुपर्ने आवश्यकता रहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया