शैल्यशिखर नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड भोलि समापनः मावि झरकाँडाँको अग्रता

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० भोलि सम्पन्न हुने भएको छ । आजसम्म खेलहरुको नजिता अनुसार मावि झरकाँडाँको अग्रता रहेको छ ।

शैल्यशिखर नगरपालिकाका अनुसार पुस २६ गते आजसम्म मावि बलाँचको ७ स्वर्ण, ३ रजत र १ कास्य गरी ११ पदक छ । मावि तौकीको १ रजत र १ कास्य गरी २ पदक छ । मावि देथलाको ७ स्वर्ण, ७ रजत र ३ कास्य गरी १७ पदक छ । मावि काँडापारीको ३ रजत, ४ कास्य गरी ७ पदक छ । माबि आँगरको २ रजत, २ कास्य गरी ४ पदक छ । मावि ग्वानीको २ रजत पदक छ । मावि मिलमिलिको ३ स्वर्ण, २ रजत, १ कास्य गरी ६ पदक छ । मावि देवथलीको १ रजत, ६ कास्य गरी ७ पदक छ ।

यस्तै झरकाँडाँको सबैभन्दा बढी १३ स्वर्ण, ४ रजत र ३ कास्य गरी २० पदक छ । मावि तलचौराको ३ रजत, ३ कास्य गरी ६ पदक छ । मावि बस्कोटको १ रजत, २ कास्य गरी ३ पदक छ । मावि गोकुलेश्वरको ६ स्वर्ण, ६ रजत र ६ कास्य गरी १८ पदक छ ।

हालसम्मको पदकतालिका हेर्नुहोस

सायद ब्लुप्रिन्ट, फ्लोर योजना, टिकट स्टब  र पाठ को फोटो हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?