दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा पालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल भन्ने नाराका साथ लेकम गाउँपालिका शिक्षा शाखा प्रमुख केशवराज ओझाको अध्यक्षता एबं गाउँपालिका अध्यक्ष रामदत्त जोशीको प्रमुख आतिथ्यतामा पुस २५ गते लेकम गाउँपालिका वडा नम्बर ३ मा अवस्थित लाली खेलमैदानमा उद्घाटन भएको प्रतियोगिता आज सम्पन्न भएको हो ।
लेकम गाउँपालिका भित्रका १० वटै माध्यमिक विद्यालयको सहभागिता रहेको प्रतियोगिताको उपाधी कृष्ण मावि लालीले हात पारेको छ । दोस्रो स्थान लटिनाथ नमुना मावि चौपाताले प्राप्त गरेको आयोजकले जनाएको छ ।
लेकममा अहिले पुरस्कार वितरण तथा समापन कार्यक्रम आयोजना भइरहेको छ । विस्तृतमा नतिजा रेडियो लोकदर्पण र लोकदर्पण टिभी अनलाइनमार्फत केही समय पछि पाउन सक्नुहुनेछ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया